Trending
>>   सहकारी पीडितको वचत फिर्तामा सरकार संवेदनशील, १ लाख मुनिकालाई प्राथमिकता >>   सरकारद्वारा चैत १९ मा संघीय संसदको अधिवेशन आह्वान गर्न सिफारिस, संविधान संशोधनका लागि कार्यदल गठन >>   सांसदहरुलाई पूर्णबहादुर खड्काले भने–‘संविधान संशोधनको मुद्दा उठेको छ, ख्याल गर्नुहोला’ >>   बालश्रम शोषणको आरोपमा सांसद रेखा शर्मा पक्राउ >>   राइड शेयरिङमा मनोमानी बढेको भन्दै ‘प्रो राइडर समूह’ आन्दोलित, प्रतिकिलोमिटर २७ रुपैयाँ भाडा तोक्न माग >>   सरकारको कार्ययोजनाः सार्वजनिक खरिद सुधारदेखि ऊर्जा निर्यात रणनीतिसम्म >>   ‘बखान’ उपन्यासलाई शहीद शिवप्रसाद पौडेल स्मृति राष्ट्रिय पुरस्कार >>   पीएसपीपी कार्यान्वयन गर्ने सरकारी निर्णयको निजी क्षेत्रबाट स्वागत >>   पूर्वप्रधानमन्त्री र गृहमन्त्रीको पक्राउः कानूनको शासन कि शक्तिको कानून ? >>   सरकारको कदम प्रतिशोधपूर्ण र घृणायुक्त, अध्यक्ष र पूर्व गृहमन्त्रीलाई तत्काल रिहा गरियोस्ः महेश बस्नेत
Logo
१७ चैत्र २०८२, मंगलवार
१७ चैत्र २०८२, मंगलवार

ज्येष्ठ नागरिकलाई घरमै पुगेर सम्मान


२१ असार, स्याङ्जा । स्याङ्जाको वालिङ नगरपालिका–८ ले चौरासी वर्ष पूरा भएका ज्येष्ठ नागरिकलाई बुधबार सम्मान गरेको छ । वडा अध्यक्षसहित जनप्रतिनिधि तथा कर्मचारीले ज्येष्ठ नागरिकको घरदैलोमै पुगेर सम्मान गरेका हुन् ।

ज्येष्ठ नागरिकलाई वडाबाट सम्मानस्वरुप यस वर्ष झुल, ‘हर्लिक्स’ र फलफूल उपलब्ध गराएको वडाअध्यक्ष दामोदर तिवारीले बताए । “समाजको अभिभावककारुपमा रहनुभएका ज्येष्ठ नागरिकलाई सम्मानस्वरुप झुल, हर्लिक्स र फलफूल घरघरमै पुगेर उपलब्ध गराएका हौँ”, उनले भने, “घरघरमै पुग्दा ज्येष्ठ नागरिकको अवस्थाकाबारेमा जानकारी लिनुका साथै उनीहरुको अनुभव तथा सुझाव पनि सङ्कलन गर्न पायौँ ।”

वडाबासीको सुख दुःखमा वडा कार्यालय वा जनप्रतिनिधिहरु सँगै छन् भन्ने अनुभूति दिलाउनका लागि पनि नागरिकको घर दैलोमै पुगेर उक्त सामग्रीहरु उपलब्ध गराएको उनले बताए ।

ज्येष्ठ नागरिकलाई लक्षित गरी विगतका वर्ष स्वास्थ्यकर्मीसहित घरमै पुगेर स्वास्थ्य परीक्षण तथा औषधि वितरण गरेको वडा सचिव प्रेमनारायण सुवेदीले बताए । वडा कार्यालयका अनुसार चौरासी वर्ष पूरा भएका २८ ज्येष्ठ नागरिक छन् ।

“वडाको तथ्याङ्कमा रहेका २८ जनामध्ये हाल वडाभित्रै बसोबास गरेका २२ जनालाई सम्मानस्वरुप उक्त सामग्री उपलब्ध गराएका हौँ”, वडा सचिव सुवेदीले भने ।

मत दिएर जिताएका जनप्रतिनिधि घरदैलोमै आएर सम्मान गर्दा खुसी लागेको वालिङ–८ कँडेलगाउँका पूर्णचन्द्र कँडेलले बताए। “जनप्रतिनिधिले बूढा भएर बसेका वृद्धवृद्धालाई घरघरमै आएर भेट्ने, दुःखसुखका कुरा सुन्ने गर्नु राम्रो पक्ष हो”, उनले भने, “आफ्नै दैलोमा जनप्रतिनिधिबाट सम्मानित हुन पाउनु एउटा सुखद अवसर हो ।” वडा कार्यालयले वृद्धवृद्धालाई ख्याल गर्दै वर्षैपिच्छे फरक कामलाई निरन्तरता दिँदै जानुपर्ने उनले सुझाव दिए ।


प्रकाशित मिति: २१ असार २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?