Trending
>>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी >>   बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय >>   सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति >>   भन्सार अधिकृतको धम्कीपूर्ण अडियो प्रकरणः रास्वपा सांसद संग्रौलाद्वारा छानबिनको माग >>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

गुडिरहेको बसमा करेन्ट लाग्दा बुबाछोराको मृत्यु


२१ असार, सल्यान । सल्यानमा गुडिरहेको यात्रुबाहक बसमा करेन्ट प्रवाह हुँदा घटनास्थलमै २ जनाको मृत्यु भएको छ । राप्ती लोकमार्गअन्तर्गत दाङ सल्यान सडकखण्डको कपुरकोट–३ चोरखोला नजिक लत्रिएको विद्युत तारले रा १ ख ८३४ नम्बरको बसलाई छुँदा करेन्ट प्रवाह भएको थियो ।

करेन्ट लागेर मृत्यु हुनेहरुमा रोल्पाको गङ्गादेव गाउँपालिका–४ का अन्दाजी ७० वर्षीय बालराम डाँगी र उनका ४० वर्षीय छोरा टोपलाल डाँगी रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता गोपाल श्रेष्ठले जानकारी दिए । उपचारका लागि अस्पताल लगिएका एकजनाकाे निधन भएकाे छ ।

प्रवक्ता श्रेष्ठका अनुसार बसधनी सल्यान छत्रेश्री गाउँपालिका–६ का अन्दाजी ३५ वर्षीय महेन्द्र ओली गम्भीर घाइते भएका छन् ।

गम्भीर घाइते ओलीलाई उपचारका लागि दाङतर्फ पठाइएको घटनास्थलमा रहनुभएका कपुरकोट गाउँपालिकाका उपाध्यक्ष प्रकाश भण्डारीले जानकारी दिए ।

दाङबाट सल्यान खौलातर्फ जाँदै गरेको रा १ ख ८३४ नम्बरको बसमा करेन्ट प्रवाह भएको बताइएको छ ।

सल्यान जिल्लाका प्रमुख जिल्ला अधिकारी घटनास्थलमा पुग्नुभएको छ भने प्रहरी पनि घटनास्थल पुगेर आवश्यक अनुसन्धान कार्य अगाडि बढाइएको जानकारी सल्यान जिल्लाका प्रहरी प्रमुख दामोदर केसीले दिए ।


प्रकाशित मिति: २१ असार २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?