Trending
>>   देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने >>   काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस >>   मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे >>   सबैतिरको आक्षेप सहने हामी अचानो होइनौँः प्रधानमन्त्री कार्की >>   राजा, राजनीतिक दल र जेन–जी बीचको समझदारीबाट मात्रै मुलुकलाई निकास दिन सकिन्छः राप्रपा >>   सरकारले फागुन २१ मा चुनाव गराउँछ भन्नेमा एमाले विश्वस्त छैनः महेश बस्नेत >>   ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणीः मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने त होइन नि, कानूनअनुसार हुन्छ >>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा
Logo
८ पुष २०८२, मंगलवार
८ पुष २०८२, मंगलवार

गुडिरहेको बसमा करेन्ट लाग्दा बुबाछोराको मृत्यु


२१ असार, सल्यान । सल्यानमा गुडिरहेको यात्रुबाहक बसमा करेन्ट प्रवाह हुँदा घटनास्थलमै २ जनाको मृत्यु भएको छ । राप्ती लोकमार्गअन्तर्गत दाङ सल्यान सडकखण्डको कपुरकोट–३ चोरखोला नजिक लत्रिएको विद्युत तारले रा १ ख ८३४ नम्बरको बसलाई छुँदा करेन्ट प्रवाह भएको थियो ।

करेन्ट लागेर मृत्यु हुनेहरुमा रोल्पाको गङ्गादेव गाउँपालिका–४ का अन्दाजी ७० वर्षीय बालराम डाँगी र उनका ४० वर्षीय छोरा टोपलाल डाँगी रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता गोपाल श्रेष्ठले जानकारी दिए । उपचारका लागि अस्पताल लगिएका एकजनाकाे निधन भएकाे छ ।

प्रवक्ता श्रेष्ठका अनुसार बसधनी सल्यान छत्रेश्री गाउँपालिका–६ का अन्दाजी ३५ वर्षीय महेन्द्र ओली गम्भीर घाइते भएका छन् ।

गम्भीर घाइते ओलीलाई उपचारका लागि दाङतर्फ पठाइएको घटनास्थलमा रहनुभएका कपुरकोट गाउँपालिकाका उपाध्यक्ष प्रकाश भण्डारीले जानकारी दिए ।

दाङबाट सल्यान खौलातर्फ जाँदै गरेको रा १ ख ८३४ नम्बरको बसमा करेन्ट प्रवाह भएको बताइएको छ ।

सल्यान जिल्लाका प्रमुख जिल्ला अधिकारी घटनास्थलमा पुग्नुभएको छ भने प्रहरी पनि घटनास्थल पुगेर आवश्यक अनुसन्धान कार्य अगाडि बढाइएको जानकारी सल्यान जिल्लाका प्रहरी प्रमुख दामोदर केसीले दिए ।


प्रकाशित मिति: २१ असार २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?