Trending
>>   संघीय निजामती सेवा विधेयक एकात्मक शासन व्यवस्थाको मानसिकता राखेर आयो >>   एउटै व्यक्तिले विद्युत अनुमतिपत्र होल्ड गर्ने प्रवृत्ति कानूनी रुपमा अन्त्य गर्नुपर्छः सांसद शर्मा >>   निजी क्षेत्रको लगानी संकुचित बनाउने गरी विद्युत विधेयक आउनु हुँदैनः महामन्त्री थापा >>   राष्ट्रिय सभाको गरिमा बढाउन जरुरी:सांसद पदमबहादुर परियार >>   संघीयताको सन्तुलित कार्यान्वयन नभएको:सांसद पूजा चौधरी >>   प्रशासनिक र राजनीतिक संघीयताको बहस नहुँदा प्रदेश र स्थानीय सरकार अलमलमा:सांसद शेर्पा >>   प्रदेश सरकारसँग समेत राष्ट्रिय सभाको कडी टुटेको:सांसद रेणु चन्द >>   संविधानको कार्यान्वयनमा गम्भीर बनौँः अध्यक्ष दाहाल >>   संविधान संशोधन समावेशितालाई थप सुदृढ गर्नका लागि होः गृहमन्त्री लेखक >>   स्थानीयवासी भन्छन्ः अबको केही वर्षमा हिमाल पहाडी क्षेत्रका बस्ती खाली हुनेछन्
Logo
९ पुष २०८१, मंगलवार
९ पुष २०८१, मंगलवार

दौड प्रतियोगितामा धर्म र कल्पना पहिलो


२१ असार, काठमाडाैँ । पूर्व धावक एवं गीतकार बुद्धवीर लामाको एकल साङ्गीतिक प्रस्तुतिको पूर्व सन्ध्यामा आयोजित भेट्रान पाँच किलोमिटर शुभकामना दौड प्रतियोगितामा धर्म महर्जन र कल्पना महर्जन पहिलो भएका छन् । धर्म पुरुषतर्फ र कल्पना महिलातर्फको दौडमा पहिलो भएका हुन् ।

अन्तर्राष्ट्रिय भेट्रान प्रतियोगिताको विजेता एवं विश्वका प्रसिद्ध म्याराथन लन्डन, बोस्टन, बर्लिन, टोकियोलगायत देशमा म्याराथन दौडिसकेका धर्मले निर्धारित दूरी १८ मिनेट ४८ सकेन्डमा पूरा गरे । सोही स्पर्धामा भीमबहादुर गुरुङ दोस्रो र राजेश महर्जन तेस्रो भए ।

बैकुण्ठ मानन्धर खेलकुद नेपाल र प्रयास मञ्च नेपालले आज संयुक्त रुपमा आयोजना गरेको  उक्त दौड प्रतियोगितामा कल्पनाले निर्धारित दूरी २८ मिनेट ४० सेकेन्डमा तय गरिन् । याङ्दी लामा शेर्पा दोस्रो र सीता रिमाल तेस्रो स्थानमा रहे ।

बुद्धवीर लामाको एकल साङ्गीतिक प्रस्तुतिको पूर्व सन्ध्यामा प्रत्येक वर्ष आयोजना गरिने शुभकामना दौडमा ६७ प्रतिस्पर्धी सहभागी थिए । १२औंँ संस्करणको यस वर्षको साङ्गीतिक प्रस्तुति  अगष्टमा इङ्ल्यान्डको लन्डनमा हुँदैछ । १०औँ संस्करणको प्रस्तुति अमेरिकामा भएको थियो ।

‘स्वास्थ्यका लागि दौड, राष्ट्रका लागि दौड’ नारा दिइएको दौडमा बुद्धवीर लामा आफै पनि दौडेका थिए । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को हाताबाट सुरु भएको दौड विभिन्न भागको परिक्रमा गरी राखेपमै आएर टुङ्गिएको थियो ।

विजेतालाई एथ्लेटिक्सका पूर्व प्रशिक्षक मधुशमशेर राणा, नेपाल भलिबल सङ्घकी पूर्व सदस्य एवं समाजसेवी ज्योति केसीलगायतले एक कार्यक्रमका बीच पुस्कार प्रदान गरे । यसअघि दक्षिण एसियाली खेलकुदका कीर्तिमानी पूर्व धावक बैकुण्ठ मानन्धरले दौड प्रतियोगिताको उद्घाटन गरेका थिए ।


प्रकाशित मिति: २१ असार २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?