Trending
>>   एनभिए भलिबलः महिलातर्फ पुलिस र न्यु डायमण्डले उपाधिका लागि प्रतिष्पर्धा गर्ने >>   महाधिवेशन प्रतिनिधिलाई महामन्त्री थापाले भने– पुसभित्र विषेश महाधिवेशन हुन्छ, काठमाडौंमा भेटौँला >>   महामन्त्रीद्वयको असन्तुष्टिबीच काँग्रेस केन्द्रिय कार्यसमितिको म्याद अगामी जेठ मसान्तसम्म थप >>   भोलिको सुरक्षित नेपाल आजका युवाबाट नै निर्माण हुन्छः गृहमन्त्री अर्याल >>   समानुपातिकतर्फ ५८ चुनाव चिन्हसहित मतपत्र छापिने >>   मुस्लिम आयोगका पूर्वअध्यक्ष अन्सारीको अध्यक्षतामा ‘राष्ट्र निर्माण दल’ घोषणा >>   जलविद्युत प्रभावित क्षेत्रलाई उचित क्षतिपूर्तिको व्यवस्थासहित कानून निर्माण हुन्छः कानूनमन्त्री सिन्हा >>   आयोगले निर्वाचनमा सूचना प्रविधिको प्रयोगमा प्रोत्साहन गर्ने नीति लिएको छः प्रवक्ता भट्टराई >>   स्थानीयको मागलाई बेवास्ता गरेर कुनैपनि विद्युत आयोजना अघि बढाइँदैनः मन्त्री घिसिङ >>   इक्यान सचिव पदका लागि सुरज सिलवालको उम्मेदवारी घोषणा
Logo
१९ पुष २०८२, शनिबार
१९ पुष २०८२, शनिबार

एमालेले भन्यो : प्रधानमन्त्रीको अभिव्यक्ति असामान्य छ, मान्य हुँदैन


२० असार, काठमाडाैँ । नेकपा (एमाले) को संसदीय दलको बुधबार बसेको बैठकले प्रधानमन्त्रीको अभिव्यक्ति असामान्य रहेको भन्दै आपत्ति जनाएको छ । एमाले सचेतक महेश बर्तौलाले बैठकपछि सञ्चारकर्मीसँग बोल्दै देशको स्वाभिमान, सार्वभौमसत्ता र संसद्को गरिमा विपरीत सो अभिव्यक्ति सार्वजनिक भएको बताए ।

उनले भने, “सम्माननीय प्रधानमन्त्रीले यो देशको स्वाभिमानको विपक्षमा, देशको सार्वभौमसत्ता, देशको संसद्को गरिमा विपरीत अभिव्यक्ति दिनुभयो । संसद्ले बनाएको प्रधानमन्त्रीलाई व्यक्तिले बनाएजसरी सार्वजनिक रूपमा दिएको अभिव्यक्तिलाई यो संसदीय दलको बैठकले गम्भीर रूपमा लिएको छ ।”

उनले संसदमाथि, जनादेशमाथिको अपमानको विषयमा सदनमा जोडदार रूपले आवाज उठाउने बताए । “संसद्ले बनाएको प्रधानमन्त्री स्वयम् कोही मान्छे उहाँलाई प्रधानमन्त्री बनाउन दिल्ली गएको विषय सामान्य विषय होइन । यसलाई कडा ढङ्गबाट उठाउँछौँ” उनले भने ।

एमाले संसदीय दलका नेता केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले प्रधानमन्त्रीको गरिमालाई कायम राख्न पनि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को ध्यानाकर्षण गराएको छ । बैठक आज बानेश्वरस्थित संसद् भवनमा बसेको थियो ।


प्रकाशित मिति: २० असार २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?