Trending
>>   कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता भट्टद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा >>   दशैँअघि नै अवरुद्ध सडक खुल्ने, पोडवे र तौल पुलको विषयमा संसदीय समितिमा बहस >>   चाडपर्वमा यात्रु ठगी रोक्न ‘यात्रु सहायता कक्ष’ र ‘क्यू–फ्री’ प्रणाली प्रभावकारी बनाइने >>   यातायात क्षेत्रको बेथिति र भ्रष्टाचारबारे सांसद पाण्डेको आक्रोशः ‘कार्यान्वयन नभए अनुगमनमा निस्किन्छौँ’ >>   चोलेन्द्र प्रक्राउबारे प्रचण्डको टिप्पणी :’छोरी पिटेर बुहारी तर्साउन खोजे’ सरकारले ठूलो मूल्य चुकाउनुपर्नेछ >>   ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फेरियो माहोलः नियमित उडानको आशाले पर्यटन व्यवसायी उत्साहित’ >>   उतारचढावमा बित्यो गत साता, आज सेयर बजार कता? >>   अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण >>   पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी >>   अविरल वर्षाले देशभर जनजीवन अस्तव्यस्तः दर्जनौं सडक अवरुद्ध, पुल बगायो
Logo
१३ आश्विन २०८३, मंगलवार
१३ आश्विन २०८३, मंगलवार

एमालेले भन्यो : प्रधानमन्त्रीको अभिव्यक्ति असामान्य छ, मान्य हुँदैन


२० असार, काठमाडाैँ । नेकपा (एमाले) को संसदीय दलको बुधबार बसेको बैठकले प्रधानमन्त्रीको अभिव्यक्ति असामान्य रहेको भन्दै आपत्ति जनाएको छ । एमाले सचेतक महेश बर्तौलाले बैठकपछि सञ्चारकर्मीसँग बोल्दै देशको स्वाभिमान, सार्वभौमसत्ता र संसद्को गरिमा विपरीत सो अभिव्यक्ति सार्वजनिक भएको बताए ।

उनले भने, “सम्माननीय प्रधानमन्त्रीले यो देशको स्वाभिमानको विपक्षमा, देशको सार्वभौमसत्ता, देशको संसद्को गरिमा विपरीत अभिव्यक्ति दिनुभयो । संसद्ले बनाएको प्रधानमन्त्रीलाई व्यक्तिले बनाएजसरी सार्वजनिक रूपमा दिएको अभिव्यक्तिलाई यो संसदीय दलको बैठकले गम्भीर रूपमा लिएको छ ।”

उनले संसदमाथि, जनादेशमाथिको अपमानको विषयमा सदनमा जोडदार रूपले आवाज उठाउने बताए । “संसद्ले बनाएको प्रधानमन्त्री स्वयम् कोही मान्छे उहाँलाई प्रधानमन्त्री बनाउन दिल्ली गएको विषय सामान्य विषय होइन । यसलाई कडा ढङ्गबाट उठाउँछौँ” उनले भने ।

एमाले संसदीय दलका नेता केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले प्रधानमन्त्रीको गरिमालाई कायम राख्न पनि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को ध्यानाकर्षण गराएको छ । बैठक आज बानेश्वरस्थित संसद् भवनमा बसेको थियो ।


प्रकाशित मिति: २० असार २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?