Trending
>>   जेन–जी पुस्ताका मागहरु सम्बोधन नभए निर्वाचन हुन दिँदैनौँः दुर्गा प्रसाईं >>   बङ्गलादेशमा हिन्दु युवकको कुटपिट गरी हत्या गरेर शव जलाएको घटनाविरुद्ध जनकपुरधाममा प्रदर्शन >>   योग र ध्यानका माध्यमबाट भ्रष्टाचार हट्नसक्छः शिक्षामन्त्री पुन >>   कवाड व्यवसायीहरुको जिउधन र पेशागत सुरक्षा सुनिश्चित गर्न संघर्ष समितिको माग >>   सुहाङ नेम्वाङलाई प्रधानमन्त्रीले भनिन्ः कुनै दुविधा नराखि निर्वाचनमा लाग्नुस् >>   वर्तमान सरकारले जेन–जीको नेतृत्व गर्न सक्दैनः मिराज ढुंगाना >>   पार्टी जिम्मेवारीमा फर्किंदै रवि लामिछानेले भने–‘निर्वाचनमा जानुको विकल्प छैन’ >>   भारत सरकारले बनाइदियो वैद्यनाथ देवनारायण जनता नमूना माध्यमिक विद्यालयको भवन >>   आठ खेलका १४ खेलाडीलाई छात्रवृत्ति >>   नेपाली महिला फुटबलमा उपाधि खडेरी तोड्ने एपिएफको लक्ष्य
Logo
६ पुष २०८२, आईतवार
६ पुष २०८२, आईतवार

परीक्षा बोर्डको बैठक आज नबस्ने


२० असार, काठमाडाैँ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले माध्यमिक शिक्षा परीक्षा (एसइई) २०७९ को नतिजा प्रकाशन गर्न आज बस्ने भनिएको बोर्ड बैठक नबस्ने भएको छ ।

परीक्षा नियन्त्रण कार्यालय कक्षा १० तर्फका नियन्त्रक विष्णुनारायण श्रेष्ठले भने, “आज बुधबार एसईईको नतिजा प्रकाशनको सन्दर्भमा बोर्ड बैठक बस्ने भनिएको थियो तर विशेष कारणले बस्न सकेनौँ, सम्भवतः बिहीबार (भोलि) बस्नेछौँ ।”

परीक्षा नियन्त्रण श्रेष्ठले बुधबार बिहान नतिजा प्रकाशनको अन्तिम तयारी भइरहेको जानकारी दिएका थिए ।

एसइईको नतिजा कसरी हेर्न सकिन्छ भनेर परीक्षा नियन्त्रण कार्यालयले सूचनासमेत प्रकाशन गरेको छ ।


प्रकाशित मिति: २० असार २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?