Trending
>>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा >>   सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत, छिटो सक्न मन्त्री घिसिङको निर्देशन >>   अमेरिकी सेनाद्वारा भेनेजुएलाको तटमा दोस्रो तेल ट्याङ्कर कब्जा >>   प्रधानमन्त्री कार्की र लामिछानेबीच भेटवार्ता: निर्वाचनको सुनिश्चितता र ‘जेन-जी’ को माग सम्बोधन गर्न आग्रह >>   फागुन २१ मा निर्वाचन अनिवार्य, संवैधानिक राजसंस्थाले केही फरक पर्दैनः गगन थापा >>   जेन–जी पुस्ताका मागहरु सम्बोधन नभए निर्वाचन हुन दिँदैनौँः दुर्गा प्रसाईं >>   बङ्गलादेशमा हिन्दु युवकको कुटपिट गरी हत्या गरेर शव जलाएको घटनाविरुद्ध जनकपुरधाममा प्रदर्शन >>   योग र ध्यानका माध्यमबाट भ्रष्टाचार हट्नसक्छः शिक्षामन्त्री पुन
Logo
७ पुष २०८२, सोमबार
७ पुष २०८२, सोमबार

एसइई नतिजा प्रकाशन गर्न १६ संस्थाले पाए अनुमति


२० असार, काठमाडाैँ । माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा प्रकाशनका लागि १६ वटा संस्थाले अनुमति पाएका छन् ।

राष्ट्रिय परीक्षा बोर्डको परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले १६ वटा संस्थालाई नतिजा उपलब्ध गराउन अनुमति दिएको परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठर्ले जानकारी दिए ।

नतिजा प्रकाशनका लागि रीतपूर्वक निवेदन दिएका १६ वटा र तीन वटा बोर्डकै संस्थाले बेवसाइट, एसएमएस र आइभीआरबाट नतिजा उपलब्ध गराउने अनुमित पाएका हुन् । यो वर्ष बोर्डका साथै नेपाल टेलिकम, एनआईसी एसिया बैंक, इडियु सञ्जाल, कान्तिपुर पब्लिकेशन्स, द कनेक्ट प्लस प्रालि, खल्ती प्रालि लगायतका संस्था÷फर्मले वेबसाइटमार्फत नतिजा उपलब्ध गराउने छन् ।

यसैगरी नेपाल टेलिकम, जानकी टेक्नोलोजी प्रालि, इजी सर्भिस प्रालि, आकाश टेक प्रालि लगायतका पाँच वटा संस्था र फर्मले एमएमएस र आईभीआरमार्फत नतिजा उपलब्ध गराउनेछन् ।

बोर्डले एसइईको नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । शुक्रबारभित्रमा नतिजा प्रकाशन गर्ने गरी बोर्डले तयारी गरेको परीक्षा नियन्त्रक श्रेष्ठले बताए ।

उत्तरपुस्तिका परीक्षण गरेर तथ्याङ्क प्रविष्ट गर्ने काम सकेर रुजु गर्ने काम भइरहेको बोर्डले जनाएको छ । बोर्डले यो वर्ष पनि पुरानै लेटर ग्रेडिङ प्रणाली (अक्षराङ्कन) अनुसार नतिजा प्रकाशन गर्न लागेको जनाएको छ । पुरानो पाठ्यक्रम अनुसार पढाइ हुने अन्तिम वर्ष भएकोले यो पटक पुरानै लेटर ग्रेडिङ प्रणालीअनुसार नतिजा सार्वजनिक गर्न लागिएको परीक्षा नियन्त्रक श्रेष्ठले जानकारी दिए ।


प्रकाशित मिति: २० असार २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?