Trending
>>   दोहोराे मित्रताका प्रतीक बने खगेन्द्रप्रसाद र रुद्रकली >>   महाधिवेशनले पार्टीलाई संगठनात्मक र वैचारिक रुपमा पुनःव्यवस्थित गर्दै परिवर्तनको अपेक्षा पूरा गर्छः ईश्वर पोखरेल >>   ट्रान्सपोर्ट र नासरिन जितविहीन रहँदै बाहिरिए >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको म्याद एक महिना थप हुन्छः प्रधानमन्त्री कार्की >>   निर्वाचनमार्फत नयाँ जनभावनाअनुरुपको सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छौँः प्रधानमन्त्री कार्की >>   जेन–जीहरुले निर्वाचन हुन दिन्न भन्न पाइदैंन :मेयर महर्जन >>   वैदेशिक लगानी प्रतिवद्धता प्रत्येक महिना बढ्दोः पाँच महिनामै ३८ अर्ब ५९ करोडको प्रतिवद्धता >>   प्रधानमन्त्री कार्कीसँग चिनियाँ राजदुतको शिष्टाचार भेट >>   तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई अर्को हप्ता बयानमा बोलाउने तयारी >>   जनकपुरधाममा भारत–नेपाल गोलमेच छलफल सम्पन्न
Logo
२ पुष २०८२, बुधबार
२ पुष २०८२, बुधबार

प्रज्ञा प्रतिष्ठानको पुस्तक प्रदर्शनीमा पाठकको भीड


१९ असार ,काठमाडौँ । नेपाल प्रज्ञा प्रतिष्ठानको ६६ औँ वार्षिकोत्सवका अवसरमा आयोजना गरिएको पुस्तक प्रदर्शनीमा पाठकको भीड बढ्न थालेको छ ।

असार ८ गतेदेखि सुरु भएको प्रदर्शनीको अन्तिम दिन आउन लागेकाले पाठकको बढी भीड बढ्न थालेको हो । १५ दिनका लागि गरिएको प्रदर्शनी असार २३ गते सकिने जनाइएको छ ।

पाठकको चाप बढेमा भने लम्बिन पनि सक्ने जनाइएको छ । प्रदर्शनीमा नेपाली साहित्यका विद्यार्थी र अनुसन्धानदाताले बढी पुस्तक खरिद गर्ने गरेका छन् । प्रदर्शनीमा प्रतिष्ठानले प्रकाशन गरेका करिब छ सय थरीका पुस्तक एवं पत्रपत्रिका राखिएको छ ।

प्रदर्शनीमा ‘लोक साहित्य सिद्धान्त’, ‘कौटिल्यको अर्थशास्त्र’, ‘कथा दर्शन’, ‘माक्र्सवादी सौन्दर्य चिन्तन’, ‘माक्र्सवादी सौन्दर्यशास्त्रका आधारहरु’, ‘माक्र्सवादी साहित्य सिद्धान्तका प्रतिनिधि विचारहरु’ र बाल साहित्यका पुस्तक बढी बिक्री भएको व्यवस्थापक सुधीर ढुङ्गेलले राससलाई जानकारी दिए ।

विभिन्न शब्दकोश पनि बढी बिक्री हुने पुस्तकमा पर्छन् । प्रदर्शनीमा प्रतिष्ठानसँगै साझा प्रकाशनले पनि कक्ष राखेको छ । साझाका चार सय ९२ थरीका पुस्तक प्रदर्शनीमा राखिएको छ ।

साझाले सांस्कृतिक संस्थान र पुरातत्व विभागले प्रकाशन गरेका पत्रिकासहित अन्य प्रकाशनका पुस्तक पनि राखेको जनाइएको छ ।


प्रकाशित मिति: १९ असार २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?