Trending
>>   देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने >>   काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस >>   मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे >>   सबैतिरको आक्षेप सहने हामी अचानो होइनौँः प्रधानमन्त्री कार्की >>   राजा, राजनीतिक दल र जेन–जी बीचको समझदारीबाट मात्रै मुलुकलाई निकास दिन सकिन्छः राप्रपा >>   सरकारले फागुन २१ मा चुनाव गराउँछ भन्नेमा एमाले विश्वस्त छैनः महेश बस्नेत >>   ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणीः मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने त होइन नि, कानूनअनुसार हुन्छ >>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा
Logo
८ पुष २०८२, मंगलवार
८ पुष २०८२, मंगलवार

ललिता निवास प्रकरण : मीनबहादुरसहितको रिट ‘हेर्न नभ्याइने’ सूचीमा


१९ असार, काठमाडाैँ । ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेकाले दायर गरेको बन्दीप्रत्यक्षीकरणको रिट सर्वोच्च अदालतले ‘हेर्न नभ्याइने’ सूचीमा राखेको छ ।

मङ्गलबार सर्वोच्चका न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र हरिप्रसाद फुयालको संयुक्त इजलासमा उक्त मुद्दाको पेसी तोकिएको थियो । तर न्यायाधीशद्वय भट्टराई र फुयालको संयुक्त इजलासले बन्दी प्रत्यक्षकरणसम्बन्धी चार वटा मुद्दाको सुनुवाइ गर्दै अन्य मुद्दा ‘हेर्न नभ्याइने’ सूचीमा राखेका हुन् ।

ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका सुधीरकुमार शाहको हकमा अभिषेकविक्रम शाह, धर्मप्रसाद गौतमको हकमा सरोज गौतम र मीनबहादुर गुरुङको हकमा विद्या गुरुङले आफूहरूलाई हदम्याद कटिसकेको मुद्दामा पक्राउ गर्नु अवैध रहेको भन्दै हिरासतबाट मुक्त गर्न मागसहित असार १३ गते सर्वोच्चमा मुद्दा दायर गरेका थिए ।

यसअघि असार १५ गते न्यायाधीश डा. कुमार चुडालको एकल इजलासले प्रारम्भिक सुनुवाइ गर्दै कारण देखाऊ आदेश दिँदै २४ घण्टाभित्र लिखित जवाफ पेश गर्न आदेश गरेको थियो । सोही आदेश बमोजिम प्रतिवादीका तर्फबाट लिखित जवाफ प्राप्त भएपछि आज सुनुवाइका लागि पेसी तोकिएको थियो ।


प्रकाशित मिति: १९ असार २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?