Trending
>>   जतिसुकै विद्वान् किन नहोस्, नेपालीलाई हामी विद्वान ठान्दैनौँः केपी ओली >>   हाँडीगाउँमा मनाइयो ‘कहीँ नभएको जात्रा’ (तस्बिरसहित) >>   ‘पार्वतीले सराप दिएपछि देवता जन्मिन छाडे, अहिले नक्कली भगवान जन्मिएर हैरान छ’:केपी ओली >>   स्वतन्त्रता र लोकतन्त्रको प्रेरणाले राजनीतिमा आएँः मुख्यमन्त्री पाण्डे >>   बालेन्द्र सरकार राष्ट्रियता र जनजीविकाको सवालमा पूर्णतः असफलः लेखनाथ दाहाल >>   हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा >>   ‘काठमाडौं फिल्म फेस्टिभल’मा भारतीय भेट्रान अभिनेत्री शबाना आजमी सहभागि हुने >>   ‘एनपीएललाई आधार बनाएर स्पोर्ट्स टुरिजमलाई योजनावद्ध रुपमा अघि बढाउनुपर्छ’ >>   सुदूरपश्चिम रोयल्समाथि लुम्बिनी पूर्ण हाबी >>   तेस्रो एनपिएल सिजनको भव्य शुरुवातः लुम्बिनी लायन्सविरुद्ध सुदूरपश्चिम रोयल्सको ब्याटिङ
Logo
११ कार्तिक २०८३, बुधबार
११ कार्तिक २०८३, बुधबार

ललिता निवास प्रकरण : अन्तरिम आदेश खारेजीको माग गर्दै सर्वोच्च गयो प्रहरी


१९ असार, काठमाडाैँ । ललिता निवास प्रकरणमा जोडिएकालाई पक्राउ नगर्न दिएको अन्तरिम आदेश विरूद्ध केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) अदालत गएको छ ।

सिआइबीले मंगलबार उक्त प्रकरणमा जोडिएका १७ जनालाई पक्राउ नगर्न दिएको अन्तरिम आदेश खारेजीको माग गर्दै सर्वोच्च अदालतमा निवेदन दिएको हो ।

अदालतको सोही अन्तरिम आदेशका कारण सिआइबीले पक्राउ गरेका कलाधर देउजा, हुपेन्द्रमणि केसी र सुरेन्द्रमान कपालीलाई छोडिएको थियो ।

१७ जनाले आफूलाई पक्राउ गर्न सक्ने सम्भावना रहेको भन्दै सर्वोच्चमा रिट दर्ता गराएका थिए । सोही रिटमा सर्वोच्चबाट अन्तरिम आदेश भएको थियो ।

२०७९ साउन १९ मा न्यायाधीश ईश्वर खतिवडाको इजलासले अनुसन्धानका क्रममै उनीहरू १७ जनालाई थुनामा बस्नु नपर्ने गरी आदेश दिएको थियो ।


प्रकाशित मिति: १९ असार २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?