Trending
>>   प्रभु बैंकको सीईओमा सुमन शर्मा, शेरचनले दिए राजीनामा >>   डिजिटल नागरिकता सेवामा काभ्रेपलाञ्चोक अगाडि :वडा तहबाटै अनलाइन सिफारिस सफल >>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन
Logo
२३ माघ २०८२, शुक्रबार
२३ माघ २०८२, शुक्रबार

ललिता निवास प्रकरण : अन्तरिम आदेश खारेजीको माग गर्दै सर्वोच्च गयो प्रहरी


१९ असार, काठमाडाैँ । ललिता निवास प्रकरणमा जोडिएकालाई पक्राउ नगर्न दिएको अन्तरिम आदेश विरूद्ध केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) अदालत गएको छ ।

सिआइबीले मंगलबार उक्त प्रकरणमा जोडिएका १७ जनालाई पक्राउ नगर्न दिएको अन्तरिम आदेश खारेजीको माग गर्दै सर्वोच्च अदालतमा निवेदन दिएको हो ।

अदालतको सोही अन्तरिम आदेशका कारण सिआइबीले पक्राउ गरेका कलाधर देउजा, हुपेन्द्रमणि केसी र सुरेन्द्रमान कपालीलाई छोडिएको थियो ।

१७ जनाले आफूलाई पक्राउ गर्न सक्ने सम्भावना रहेको भन्दै सर्वोच्चमा रिट दर्ता गराएका थिए । सोही रिटमा सर्वोच्चबाट अन्तरिम आदेश भएको थियो ।

२०७९ साउन १९ मा न्यायाधीश ईश्वर खतिवडाको इजलासले अनुसन्धानका क्रममै उनीहरू १७ जनालाई थुनामा बस्नु नपर्ने गरी आदेश दिएको थियो ।


प्रकाशित मिति: १९ असार २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?