Trending
>>   जतिसुकै विद्वान् किन नहोस्, नेपालीलाई हामी विद्वान ठान्दैनौँः केपी ओली >>   हाँडीगाउँमा मनाइयो ‘कहीँ नभएको जात्रा’ (तस्बिरसहित) >>   ‘पार्वतीले सराप दिएपछि देवता जन्मिन छाडे, अहिले नक्कली भगवान जन्मिएर हैरान छ’:केपी ओली >>   स्वतन्त्रता र लोकतन्त्रको प्रेरणाले राजनीतिमा आएँः मुख्यमन्त्री पाण्डे >>   बालेन्द्र सरकार राष्ट्रियता र जनजीविकाको सवालमा पूर्णतः असफलः लेखनाथ दाहाल >>   हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा >>   ‘काठमाडौं फिल्म फेस्टिभल’मा भारतीय भेट्रान अभिनेत्री शबाना आजमी सहभागि हुने >>   ‘एनपीएललाई आधार बनाएर स्पोर्ट्स टुरिजमलाई योजनावद्ध रुपमा अघि बढाउनुपर्छ’ >>   सुदूरपश्चिम रोयल्समाथि लुम्बिनी पूर्ण हाबी >>   तेस्रो एनपिएल सिजनको भव्य शुरुवातः लुम्बिनी लायन्सविरुद्ध सुदूरपश्चिम रोयल्सको ब्याटिङ
Logo
११ कार्तिक २०८३, बुधबार
११ कार्तिक २०८३, बुधबार

नेपाल उद्योग परिसङ्घको टोलीद्वारा मन्त्री भण्डारी र मन्त्री मोदीसँग भेट


१९ असार, काठमाडाैँ । नेपाल उद्योग परिसङ्घको टोलीले दुई मन्त्रीसँग भेटवार्ता गरेको छ । परिसङ्घका नवनिर्वाचित अध्यक्ष राजेशकुमार अग्रवाल नेतृत्वको टोलीले आज श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारी र केही दिनअघि सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीसँग भेट गरेको हो ।

भेटमा मुलुकको अर्थतन्त्र, श्रम तथा रोजगारलगायत विषयमा छलफल भएको परिसङ्घले जनाएको छ । भेटमा परिसङ्घका अध्यक्ष अग्रवालले अर्थतन्त्रलाई चलायमान बनाउन, घटेको निजी क्षेत्रको मनोबल उकास्न सरकारले काम गर्नुपर्ने बताए । उनले कर्मचारीको न्यूनतम पारिश्रमिक वृद्धि गर्न आग्रह गरेका थिए ।

मन्त्रीद्वय भण्डारी र मोदीले परिसङ्घका नवनिर्वाचित कार्यसमितिका पदाधिकारीलाई बधाई तथा शुभकामना दिँदै निजी क्षेत्रको विकासका लागि सरकारको सहयोग रहने बताएका थिए ।


प्रकाशित मिति: १९ असार २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?