Trending
>>   प्रभु बैंकको सीईओमा सुमन शर्मा, शेरचनले दिए राजीनामा >>   डिजिटल नागरिकता सेवामा काभ्रेपलाञ्चोक अगाडि :वडा तहबाटै अनलाइन सिफारिस सफल >>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन
Logo
२३ माघ २०८२, शुक्रबार
२३ माघ २०८२, शुक्रबार

नेपाल उद्योग परिसङ्घको टोलीद्वारा मन्त्री भण्डारी र मन्त्री मोदीसँग भेट


१९ असार, काठमाडाैँ । नेपाल उद्योग परिसङ्घको टोलीले दुई मन्त्रीसँग भेटवार्ता गरेको छ । परिसङ्घका नवनिर्वाचित अध्यक्ष राजेशकुमार अग्रवाल नेतृत्वको टोलीले आज श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारी र केही दिनअघि सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीसँग भेट गरेको हो ।

भेटमा मुलुकको अर्थतन्त्र, श्रम तथा रोजगारलगायत विषयमा छलफल भएको परिसङ्घले जनाएको छ । भेटमा परिसङ्घका अध्यक्ष अग्रवालले अर्थतन्त्रलाई चलायमान बनाउन, घटेको निजी क्षेत्रको मनोबल उकास्न सरकारले काम गर्नुपर्ने बताए । उनले कर्मचारीको न्यूनतम पारिश्रमिक वृद्धि गर्न आग्रह गरेका थिए ।

मन्त्रीद्वय भण्डारी र मोदीले परिसङ्घका नवनिर्वाचित कार्यसमितिका पदाधिकारीलाई बधाई तथा शुभकामना दिँदै निजी क्षेत्रको विकासका लागि सरकारको सहयोग रहने बताएका थिए ।


प्रकाशित मिति: १९ असार २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?