Trending
>>   वास्तविक माओवादी हामी हौँः खड्गबहादुर विश्वकर्मा >>   हेटौँडा सडक विस्तारमा स्थानीय प्रशासनले जबरजस्ती गरेको भन्दै पीडितहरुले गराए सरकारको ध्यानाकर्षण >>   ओलीको प्रश्न: म बालुवाटारबाट नभागेको भए जेन जीले के गर्थे? >>   जेनजी–सरकारबीच भएको सम्झौताप्रति ओलीको टिप्पणीः ‘कलाबिहीन भद्दा नाटक’ >>   एमालेको ११ औं महाधिवेशनमा विदेशी पाहुना नबोलाइने, नेपालका १६ दललाई निम्तो >>   पूर्वराष्ट्रपति भण्डारीद्वारा जेन–जी आन्दोलनमा क्षति भएको संसद भवनको अवलोकन >>   कोप–३० नेपालको लागि उपलब्धिमूलक तर चुनौति धेरै: जलवायु वित्त विज्ञ क्षेत्री >>   स्वास्थ्य क्षेत्रमा बजेट घट्नु राम्रो होइनः अर्थमन्त्री खनाल >>   एक वर्षमा १ करोड २५ लाखले लिए बीमामार्फत स्वास्थ्य सेवा >>   लैङ्गिक हिंसा आफ्नो व्यवहारबाटै हटाऔँः खेलकुदमन्त्री गुप्ता
Logo
२६ मंसिर २०८२, शुक्रबार
२६ मंसिर २०८२, शुक्रबार

किसानलाई हाते ट्रयाक्टर वितरण


१९ असार, भोजपुर । भोजपुरको पूर्वी पौवादुङमा गाउँपालिकाले किसानलाई हाते ट्र्याक्टरलगायतका सामग्री वितरण सुरु गरेको छ । गरिबी निवारण लद्युउद्यम कार्यक्रमअन्तर्गत किसानलाई खेती गर्न सहज होस् भन्ने उद्देश्यले सामग्रीहरु वितरण सुरु गरिएको हो ।

गाउँपालिकाभित्र कृषिमा यान्त्रिकीकरण गर्ने उद्देश्यले विभिन्न कृषि समूहमा समावेश किसान र व्यक्तिगत फार्मलाई कृषि औजार हस्तान्तरण गर्न थालिएको गाउँपालिकाका अध्यक्ष किरण राईले बताए ।

“किसानहरुले गर्दै आएको काममा सहयोग पुगोस् भन्ने उद्देश्यले कृषि सामग्री हस्तान्तरणसँगै आवश्यक प्राविधिक सहयोग गर्दै आएका छौँ । गाउँपालिकालाई कृषिमा आत्मनिर्भर बनाउने उद्देश्यका साथ पालिकाले निरन्तर काम गरिरहेको छ”, उनले भने ।

उनका अनुसार वडा नं १ श्यामशिलाका १३ किसानलाई आज हाते ट्र्याक्टर वितरण गरिएको छ । गाउँपालिकाको ८० प्रतिशत अनुदान र किसानको २० प्रतिशत लगानीमा कृषि सामग्री वितरण गरिएको हो । वडाका किसानलाई सहयोग गरिएको सामग्रीले खेती गर्न सहज हुने वडाध्यक्ष राजेन्द्र तामाङले बताए ।

वडा नं ६ ठूलोदुम्माका किसानलाई पनि कृषि सामग्री हस्तान्तरण गरिएको छ । उनीहरुलाई ३१ वटा इलेक्ट्रिक स्प्रे, मल्चिङ प्लास्टिक ४७ थान, १४ थान प्लास्टिक पोखरी, १५ वटा प्लास्टिक टनेल लगायतकासामग्री वितरण गरिएको हो ।

“किसानलाई कृषि सामग्री वितरण गरेका छौँ”, वडाध्यक्ष दक्षकुमार राईले भने, “गाउँपालिकाको नीतिअनुसार कृषकलाई आर्थिकरुपमा सक्षम बनाउने लक्ष्य छ ।”

गाउँपालिकाले स्वास्थ्य, शिक्षा, कृषि, पर्यटन, सडक, खानेपानीसँगै भौतिक पूर्वाधारको विकासमा विशेष योजनासहित गाउँपालिकाले काम गर्दै आइरहेको जनाएको छ । महिलालाई समेत कृषि उद्यममा जोड्ने लक्ष्यसहित गाउँपालिकाभित्र रहेका छवटै वडामा एक लाख बराबरको थप कार्यक्रमसमेत सञ्चालन भइरहेको बताइएको छ ।


प्रकाशित मिति: १९ असार २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?