Trending
>>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती
Logo
१० आश्विन २०८३, शनिबार
१० आश्विन २०८३, शनिबार

किसानलाई हाते ट्रयाक्टर वितरण


१९ असार, भोजपुर । भोजपुरको पूर्वी पौवादुङमा गाउँपालिकाले किसानलाई हाते ट्र्याक्टरलगायतका सामग्री वितरण सुरु गरेको छ । गरिबी निवारण लद्युउद्यम कार्यक्रमअन्तर्गत किसानलाई खेती गर्न सहज होस् भन्ने उद्देश्यले सामग्रीहरु वितरण सुरु गरिएको हो ।

गाउँपालिकाभित्र कृषिमा यान्त्रिकीकरण गर्ने उद्देश्यले विभिन्न कृषि समूहमा समावेश किसान र व्यक्तिगत फार्मलाई कृषि औजार हस्तान्तरण गर्न थालिएको गाउँपालिकाका अध्यक्ष किरण राईले बताए ।

“किसानहरुले गर्दै आएको काममा सहयोग पुगोस् भन्ने उद्देश्यले कृषि सामग्री हस्तान्तरणसँगै आवश्यक प्राविधिक सहयोग गर्दै आएका छौँ । गाउँपालिकालाई कृषिमा आत्मनिर्भर बनाउने उद्देश्यका साथ पालिकाले निरन्तर काम गरिरहेको छ”, उनले भने ।

उनका अनुसार वडा नं १ श्यामशिलाका १३ किसानलाई आज हाते ट्र्याक्टर वितरण गरिएको छ । गाउँपालिकाको ८० प्रतिशत अनुदान र किसानको २० प्रतिशत लगानीमा कृषि सामग्री वितरण गरिएको हो । वडाका किसानलाई सहयोग गरिएको सामग्रीले खेती गर्न सहज हुने वडाध्यक्ष राजेन्द्र तामाङले बताए ।

वडा नं ६ ठूलोदुम्माका किसानलाई पनि कृषि सामग्री हस्तान्तरण गरिएको छ । उनीहरुलाई ३१ वटा इलेक्ट्रिक स्प्रे, मल्चिङ प्लास्टिक ४७ थान, १४ थान प्लास्टिक पोखरी, १५ वटा प्लास्टिक टनेल लगायतकासामग्री वितरण गरिएको हो ।

“किसानलाई कृषि सामग्री वितरण गरेका छौँ”, वडाध्यक्ष दक्षकुमार राईले भने, “गाउँपालिकाको नीतिअनुसार कृषकलाई आर्थिकरुपमा सक्षम बनाउने लक्ष्य छ ।”

गाउँपालिकाले स्वास्थ्य, शिक्षा, कृषि, पर्यटन, सडक, खानेपानीसँगै भौतिक पूर्वाधारको विकासमा विशेष योजनासहित गाउँपालिकाले काम गर्दै आइरहेको जनाएको छ । महिलालाई समेत कृषि उद्यममा जोड्ने लक्ष्यसहित गाउँपालिकाभित्र रहेका छवटै वडामा एक लाख बराबरको थप कार्यक्रमसमेत सञ्चालन भइरहेको बताइएको छ ।


प्रकाशित मिति: १९ असार २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?