Trending
>>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी >>   बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय >>   सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति >>   भन्सार अधिकृतको धम्कीपूर्ण अडियो प्रकरणः रास्वपा सांसद संग्रौलाद्वारा छानबिनको माग >>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

अर्घाखाँचीमा पहिरो : पुरिएका चारमध्ये तीन बालबालिकाको अवस्था गम्भीर


१९ असार, अर्घाखाँची । अर्घाखाँचीको पणेनामा पहिरोले पुरिएर चार बालबालिका घाइते भएका छन् । जसमध्ये तीन जनाको अवस्था जटिल रहेको प्रहरीले जनाएको छ ।

पाणिनि गाउँपालिका-१ पणेनाको गोहनपानीमा आज विहान साढे ६ बजे घरमाथिबाट खसेको पहिरोमा उनीहरु पुरिएका थिए ।

चारमध्ये तीन जना अचेत अवस्थामा रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक मुकुन्द रिजालले जानकारी दिए । गम्भीर घाइते हुनेमा ११ वर्षे अञ्जु रास्कोटी, १० वर्षे धनबहादुर रास्कोटी र १२ वर्षे खुमबहादुर रास्कोटी छन् ।

साथै पहिरोमा पुरिएका १४ वर्षे सचिन रास्कोटीको सकुशल उद्धार गरी उपचारका लागि पाल्पाको तानसेन पठाइएको वडाध्यक्ष कमलप्रसाद पोख्रेलले जानकारी दिए ।


प्रकाशित मिति: १९ असार २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?