Trending
>>   राष्ट्रिय सभा खारेज गर्ने विषयमा पनि छलफल गर्न सकिन्छः रामकुमारी झाँक्री >>   राष्ट्रिय लिगमा शिर्ष स्थानको एपिएफ बराबरीमा रोकियो >>   नवनिर्वाचित राष्ट्रिय सभा सदस्यहरू को कस्ता ? >>   ४ मध्ये २ यातायात व्यवसायीले प्रतिनिधि सभा निर्वाचन जिते >>   इरानमाथिको अमेरिकी–इजरायली आक्रमणविरुद्ध वासिङ्टनमा प्रदर्शन >>   खर्बपति उद्योगीदेखि मुलुकको ढुकुटी चलाएका पूर्वअर्थमन्त्रीसम्मै पराजित >>   धुवाँ र धुलोको कचौरामा काठमाडौंः सास फेर्नै सकस (फोटो फिचर) >>   अब बन्ने सरकारसँग सहकार्य गर्न निजी क्षेत्र आतुर >>   महिलामाथि हुने विभेद राज्यको माथिल्लो तहसम्मै छः पूर्वमुख्यसचिव गड्तौला >>   आमाहरू कमजोर भएको अवस्थामा कुनैपनि राष्ट्र सफल हुन सक्दैनः वरिष्ठतम न्यायाधीश मल्ल
Logo
२५ फाल्गुन २०८२, सोमबार
२५ फाल्गुन २०८२, सोमबार

प्रधानमन्त्रीले दिए मेमोरी किङ्ग अर्पण शर्मालाई बधाई


१९ असार, काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मेमोरी किङ्गका रुपमा विश्वमा चिनिएका अर्पण शर्मालाई बधाई तथा शुभकामना दिएका छन् । युवापुस्ताको प्रेरणा रही यसरी नै देशको गौरव बढाई रहनु भनी स्मरण शक्तिको विधामा दोस्रो विश्व रेकर्ड कायम गरेका अर्पणलाई प्रधानमन्त्री निवास बालुवाटारमा बधाई दिईएको हो ।

१ मिनेटमा ८३ वस्तुहरुको क्रम स्मरण गरेर रचेको यो विश्व कीर्तिमानको श्रेय उनी आफ्नो ध्यान साधना र मेमोरी टेक्निकहरुलाई दिन्छन् । थप विश्व रेकर्ड कायम गर्ने अठोट गरेका अर्पणले आफ्नो स्मरण शक्ति तालिमद्वारा विद्यार्थीहरुको पनि स्मरण शक्ति बढाई शिक्षा क्षेत्रमा मद्दत पुर्याई रहेका छन् ।

शर्माले यस अघि सन् २०१५ मा १ मिनटमा ४२ वस्तुहरुको क्रम स्मरण गरेर गिनिज बुकमा नाम लेखाएका थिए । “यो विश्व रेकर्डको प्रमाण पत्र मेरो मात्रै नभई सम्पूर्ण नेपालीहरुको भएको महसुस गर्दै आगामी दिनहरूमा अझै वर्ल्ड रेकर्डहरू राखेर नेपालको नाम विश्व सामु फैलाउने बाचा गर्दछु” उनी बताउँछन् ।


प्रकाशित मिति: १९ असार २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?