Trending
>>   प्रभु बैंकको सीईओमा सुमन शर्मा, शेरचनले दिए राजीनामा >>   डिजिटल नागरिकता सेवामा काभ्रेपलाञ्चोक अगाडि :वडा तहबाटै अनलाइन सिफारिस सफल >>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन
Logo
२२ माघ २०८२, बिहीबार
२२ माघ २०८२, बिहीबार

दुर्गम गाउँ खयरमारामा सडक कालोपत्र


१९ असार, महोत्तरी । बर्दिबास नगरपालिका–१० खयरमाराका सडक कालोपत्र गरिएका छन् । दलित समुदायको बाहुल्य रहेको सो गाउँ विकासका दृष्टिकोणले पछि परेको ठाउँ हो । पछिल्लो समय सो क्षेत्रमा विकास निर्माणका कामले गति लिएको स्थानीय कृष्णकुमार वाइबाले बताए ।

विकासले नछोएको खयरमाराका सडक नगरपालिकाले कालोपत्र गरिदिएसँगै गाउँको मुहार नै फेरिएको स्थानीयवासी मीरा कोइरालाले बताए । बर्दिबास नगरपालिकाको रु ७९ लाख ७१ हजार सात सय ४९ को लागतमा खयरमाराको विद्युत्चोकबाट भरत टोल जाने बाटो कालोपत्र गरिएसँगै आवागमनमा सहज भएको स्थानीयवासीको भनाइ छ । यसअघि जीर्ण सडककै कारण समयमै बर्दिबास अस्पतालमा बिरामीलाई पुर्याउन नसक्दा कतिपय रोगीको सडकमै ज्यान जाने गरेको जनाउँदै स्थानीय विकास थापाले अहिले सहरका सडकभन्दा गाउँका सडक राम्रा भएपछि स्थानीयवासीमा उत्साह छाएको बताए ।

स्थानीयवासी टङ्कमाया चौलागाईँले भने “यस गाउँमा राम्रो सडक बन्ला भन्ने लागेकै थिएन, सडक कालोपत्र नहुँदा हिउँदमा धुलो र वर्षामा हिललो हुने समस्या हटेर गएको छ । कालोपत्रले वास्तवमै यस गाउँको मुहार फेरिएको र सबैलाई हर्षित तुल्याएको छ । ”

उनका अनुसार सडक कालोपत्र भएकै कारण गाउँका नागरिक बजार पुगेर समयमै घर फर्किन्छन् । यात्रुवाहक बस गाउँमै आउन थालेका छन् । कालोपत्र सडक गाउँमै पुगेपछि स्थानीय उत्पादनले राम्रो बजार पाएको छ । गाउँमा उत्पादन गरिएका तरकारी, आँप, उखुलगायतका बाली सहरी क्षेत्रका बजारमा बिक्री गर्न लैजान सहज भएको छ ।

बर्दिबास नगरपालिकाका प्रमुख प्रल्हाद क्षेत्रीले सडक सञ्जाल विस्तारलाई नै बढी प्राथमिकता दिएकोे बताए । नगरपालिकाले पालिकाभित्रको भित्री गाउँ माईस्थान, बिजलपुरा, खयरमारालगायतका गाउँभित्रका सडक सफा र चौडा बनाइएपछि स्थानीयवासी दङ्ग छन् ।


प्रकाशित मिति: १९ असार २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?