Trending
>>   काँग्रेस–एमालेले अविलम्व सहकार्य गरेर अघि बढ्नुपर्छः रामबहादुर थापा >>   टुँडिखेलमा हर्षोल्लासका साथ तमु ल्होसार मनाइयो (तस्बिरहरु) >>   नेपालमा च्याउ खेतीको प्रचुर सम्भावना छः कृषिमन्त्री परियार >>   न्यु डायमण्ड सेमिफाइनलमा >>   कीर्तिपुरको डाँडामा बसेर महिनाको तीन लाख कमाउन सकिन्छः अर्थमन्त्री खनाल >>   सेन्ट्रल ओपनमा राहुलको अग्रता कायमै >>   रवि, बालेन, कुलमानलक्षित ओलीको टिप्पणीः कुखुरा, बाख्रा र स्यालको मोर्चा गरेर बाघको शिकार हुँदैन >>   नेपालमा अब नेपाली कम्युनिष्ट पार्टीको विकल्प छैनः माधव नेपाल >>   मदन–आश्रितका हत्यारालाई कानूनको कठघरामा उभ्याउनेछौँः रामबहादुर थापा >>   सामाजिक सञ्जाल र शहरमा होहल्ला गर्नेहरूले देश कब्जा गरिसकेको भ्रम फैल्याएः प्रचण्ड
Logo
१७ पुष २०८२, बिहीबार
१७ पुष २०८२, बिहीबार

मन्त्री मोदी दक्षिण कोरिया प्रस्थान


१८ असार ,काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमन लाल मोदी दक्षिण कोरिया प्रस्थान गरेका छन् ।

दक्षिण कोरियाको बुसान सहरमा मंगलबारदेखि आयोजित ग्रामीण विकास सम्बन्धी बैठक (Global saemaul undong ministerial meeting 2023)मा सहभागी हुन मन्त्री मोदी त्यसतर्फ प्रस्थान गरेका हुन् ।

बैठकमा विश्वका ४६ देशका प्रतिनिधिसहित ३१ वटा देशका मन्त्रीहरु सहभागी हुँदैछन् । बैठकमा सबै देशका मन्त्रीहरुले आआफ्नो देशको ग्रामीण विकासबारे धारणा राख्नेछन् ।

मन्त्री मोदीले नेपालको तर्फबाट बैठकमा सम्बोधन गर्नेछन् । नेपालको ग्रामीण विकासको अवस्था, चुनौती र सम्भावनाका विषयमा मन्त्री मोदीले आफ्नो धारणा राख्नेछन् ।

कोरियास्थित् आन्तरिक तथा सुरक्षा मन्त्रालयाको सहकार्यमा यो कार्यक्रम कोरिया ग्रामीण विकास केन्द्र (korea saemual undong center)ले आयोजना गरेको हो ।

दक्षिण कोरियाको दोश्रो ठूलो सहरको रुपमा स्थापित बुसानमा भएका विकास निर्माणबारे पनि मन्त्री मोदी लगायतले अनुगमन गर्ने कार्यतालिका छ ।


प्रकाशित मिति: १८ असार २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?