Trending
>>   कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता भट्टद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा >>   दशैँअघि नै अवरुद्ध सडक खुल्ने, पोडवे र तौल पुलको विषयमा संसदीय समितिमा बहस >>   चाडपर्वमा यात्रु ठगी रोक्न ‘यात्रु सहायता कक्ष’ र ‘क्यू–फ्री’ प्रणाली प्रभावकारी बनाइने >>   यातायात क्षेत्रको बेथिति र भ्रष्टाचारबारे सांसद पाण्डेको आक्रोशः ‘कार्यान्वयन नभए अनुगमनमा निस्किन्छौँ’ >>   चोलेन्द्र प्रक्राउबारे प्रचण्डको टिप्पणी :’छोरी पिटेर बुहारी तर्साउन खोजे’ सरकारले ठूलो मूल्य चुकाउनुपर्नेछ >>   ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फेरियो माहोलः नियमित उडानको आशाले पर्यटन व्यवसायी उत्साहित’ >>   उतारचढावमा बित्यो गत साता, आज सेयर बजार कता? >>   अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण >>   पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी >>   अविरल वर्षाले देशभर जनजीवन अस्तव्यस्तः दर्जनौं सडक अवरुद्ध, पुल बगायो
Logo
१२ आश्विन २०८३, सोमबार
१२ आश्विन २०८३, सोमबार

मन्त्री मोदी दक्षिण कोरिया प्रस्थान


१८ असार ,काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमन लाल मोदी दक्षिण कोरिया प्रस्थान गरेका छन् ।

दक्षिण कोरियाको बुसान सहरमा मंगलबारदेखि आयोजित ग्रामीण विकास सम्बन्धी बैठक (Global saemaul undong ministerial meeting 2023)मा सहभागी हुन मन्त्री मोदी त्यसतर्फ प्रस्थान गरेका हुन् ।

बैठकमा विश्वका ४६ देशका प्रतिनिधिसहित ३१ वटा देशका मन्त्रीहरु सहभागी हुँदैछन् । बैठकमा सबै देशका मन्त्रीहरुले आआफ्नो देशको ग्रामीण विकासबारे धारणा राख्नेछन् ।

मन्त्री मोदीले नेपालको तर्फबाट बैठकमा सम्बोधन गर्नेछन् । नेपालको ग्रामीण विकासको अवस्था, चुनौती र सम्भावनाका विषयमा मन्त्री मोदीले आफ्नो धारणा राख्नेछन् ।

कोरियास्थित् आन्तरिक तथा सुरक्षा मन्त्रालयाको सहकार्यमा यो कार्यक्रम कोरिया ग्रामीण विकास केन्द्र (korea saemual undong center)ले आयोजना गरेको हो ।

दक्षिण कोरियाको दोश्रो ठूलो सहरको रुपमा स्थापित बुसानमा भएका विकास निर्माणबारे पनि मन्त्री मोदी लगायतले अनुगमन गर्ने कार्यतालिका छ ।


प्रकाशित मिति: १८ असार २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?