Trending
>>   अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण >>   पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी >>   अविरल वर्षाले देशभर जनजीवन अस्तव्यस्तः दर्जनौं सडक अवरुद्ध, पुल बगायो >>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज
Logo
११ आश्विन २०८३, आईतवार
११ आश्विन २०८३, आईतवार

परराष्ट्रमन्त्री साउद मङ्गलबार अजरबैजान प्रस्थान गर्ने


१८ असार ,काठमाडौँ । परराष्ट्रमन्त्री एनपी साउद अजरबैजानमा हुने असंलग्न आन्दोलनको समन्वय ब्युरोको मन्त्रिस्तरीय बैठकमा सहभागी हुन मङ्गलबार त्यसतर्फ प्रस्थान गर्ने भएका छन् ।

अजरबैजानको बाकुमा यही असार १८ देखि २१ गतेसम्म ‘असंलग्न आन्दोलन : उदीयमान चुनौतीहरूको सामना गर्न एकताबद्ध र अटल’ भन्ने नाराका साथ हुन गइरहेको बैठकलाई उनले असार २० गते सम्बोधन गर्नुहुने मन्त्रालयले जनाएको छ ।

भ्रमणका क्रममा परराष्ट्रमन्त्री साउदले अजरबैजान सरकारका उच्च पदस्थ अधिकारीसँग भेटघाट गर्नुका साथै विभिन्न देशका सहभागी प्रतिनिधिमण्डलका प्रमुखसँगसमेत भेटवार्ता गर्ने कार्यक्रम छ । उनि असार २३ गते स्वदेश फर्कनेछन् ।


प्रकाशित मिति: १८ असार २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?