Trending
>>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा
Logo
१५ माघ २०८२, बिहीबार
१५ माघ २०८२, बिहीबार

पत्रकार डा चापागाईंलाई हृदयचन्द्रसिंह प्रधान पत्रकारिता पुरस्कार


प्रेस चौतारी नेपालका पूर्वअध्यक्ष डा बालकृष्ण चापागाईं यस वर्षको हृदयचन्द्रसिंह प्रधान पत्रकारिता पुरस्कारबाट पुरस्कृत हुनुहुने भएको छ । सङ्गठनको सचिवालय बैठकले वरिष्ठ पत्रकार तथा प्रेस स्वतन्त्रता सेनानी रघु मैनालीको संयोजकत्वमा गठन गरेको पुरस्कार छनोट समितिले पूर्वअध्यक्ष चापागाईंलाई हृदयचन्द्रसिंह प्रधान पत्रकारिता पुरस्कारबाट सम्मानित गर्ने निर्णय गरेको हो ।

समितिले यस वर्षको अग्नि शिखा स्मृति पत्रकारिता पुरस्कारबाट लमजुङका पत्रकार कृष्ण केसीलाई पुरस्कृत गर्ने निर्णय गरेको छ । यस्तै डेकेन्द्र थापा स्मृति पत्रकारिता पुरस्कारबाट दैलेखका याम शर्मा, वीरेन्द्रकुमार साह क्रियाशील पत्रकारिता पुरस्कारबाट बाराका लक्ष्मी साहलाई पुरस्कृत गर्ने निर्णय गरेको छ । यस्तै सावित्री–पद्मलक्ष्मी बस्नेत स्मृति पत्रकारिता पुरस्कारबाट सुनसरीका लीलाराज भट्टराई र चन्द्र न्यौपाने–शान्तिराम कार्की स्मृति पत्रकारिता पुरस्कारबाट डडेलधुराकी ममता भट्टलाई पुरस्कृत गर्ने निर्णय भएको छनोट समितिका संयोजक रघु मैनालीले जानकारी दिनुभयो । प्रेस चौतारीले आफ्नो स्थापना दिवस माघ २२ गते हृदयचन्द्रसिंह प्रधानसहित छवटा पुरस्कार प्रदान गर्दै आएको छ । यस वर्ष प्रदान गर्ने पुरस्कारका लागि आज नाम सार्वजनिक भएको हो । प्रेस चौतारीले आफ्नो स्थापना दिवसमा विभिन्न रचनात्मक कामसमेत गर्दै आएको छ ।

प्रेस चौतारीको यही माघ ९ र १० गते बसेको सचिवालय बैठकले वरिष्ठ पत्रकार मैनाली संयोजक तथा उपाध्यक्ष देविका घर्तीमगर र महासचिव हीरामान लामा सदस्य रहेको पुरस्कार छनोट समिति गठन गरेको थियो । समितिले अन्तिम निर्णय गरी केन्द्रीय कार्यालयलाई नाम बुझाएको छ ।


प्रकाशित मिति: १८ माघ २०७९, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?