Trending
>>   भारतमा खाना पकाउने ग्यासको चरम अभाव, सरकारद्वारा ‘अत्यावश्यक वस्तु ऐन’ लागू >>   विश्व बैंकद्वारा नेपाललाई ५ करोड २० लाख डलर ऋण स्वीकृत >>   समानुपातिक मतगणना सकियो, सिट बाँडफाँटको प्रक्रिया सुरु हुँदै >>   प्रतिनिधिसभा निर्वाचनको पछिल्लो परिणाम : प्रत्यक्षमा रास्वपाको भारी जित, समानुपातिकमा पनि अग्रता >>   राष्ट्रिय सभा खारेज गर्ने विषयमा पनि छलफल गर्न सकिन्छः रामकुमारी झाँक्री >>   राष्ट्रिय लिगमा शिर्ष स्थानको एपिएफ बराबरीमा रोकियो >>   नवनिर्वाचित राष्ट्रिय सभा सदस्यहरू को कस्ता ? >>   ४ मध्ये २ यातायात व्यवसायीले प्रतिनिधि सभा निर्वाचन जिते >>   इरानमाथिको अमेरिकी–इजरायली आक्रमणविरुद्ध वासिङ्टनमा प्रदर्शन >>   खर्बपति उद्योगीदेखि मुलुकको ढुकुटी चलाएका पूर्वअर्थमन्त्रीसम्मै पराजित
Logo
२७ फाल्गुन २०८२, बुधबार
२७ फाल्गुन २०८२, बुधबार

चुरे संरक्षणमा शान्ति समाजको जोड


१८ असार, काठमाडाैँ । मानव अधिकार तथा शान्ति समाज केन्द्रीय कार्य समिति बैठकले चुरे संरक्षण गर्नुपर्नेमा जोड दिएको छ । यही असार १६ र १७ गते काठमाडौँमा सम्पन्न समाजको १५६औँ केन्द्रीय कार्यसमिति बैठकले ‘चुरे ध्वस्त पार्न पाइँदैन : मरुभूमिकरण गर्ने नीति चाहिँदैन’ भन्ने मूल नारासहित पर्सामा समाजको २६औँ राष्ट्रिय परिषद् बैठक राख्ने निर्णय गरेको महासचिव रेनुका पौडेलले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

बैठकअघि उक्त समाजका संस्थापक सभापति कृष्ण पहाडीले सङ्क्रमणकालीन न्याय प्रक्रिया र ठूला भ्रष्टाचारका घटनामा मुख्य दोषीलाई कारबाही नहुँदा नागरिकमा बढ्दो आक्रोशका साथै सरकार, सदन एवं सडकमा भएका गतिविधिबारे चर्चा गरेको थियो । बैठक अघि सुन्दरीजलस्थित बिपी सङ्ग्रहालय र जगडोलस्थित राष्ट्रिय सहिद तथा शान्ति पार्कमा वृक्षरोपण गरिएको थियो ।

एक दर्जन निर्णय गर्दै सम्पन्न बैठकमा समाजका कार्यबाहक सभापति कृष्णबहादुर रावलले अभियानका सम्बन्धमा, महासचिव पौडेलले सङ्गठन र कोषाध्यक्ष किरण ढकालले अर्थ सम्बन्धमा प्रारुप पत्र प्रस्तुत गरेको थियो । बैठकले उक्त संस्थाको केन्द्रीय कार्यालयमा कार्यरत कार्यक्रम अधिकृत सरिता पौडेललाई उपनिर्देशकमा र जनकप्रसाद भण्डारीलाई कार्यक्रम सहायकमा पदोन्नति गर्ने निर्णय गरेको थियो । रा


प्रकाशित मिति: १८ असार २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?