Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
१० माघ २०८२, शनिबार
१० माघ २०८२, शनिबार

चुरे संरक्षणमा शान्ति समाजको जोड


१८ असार, काठमाडाैँ । मानव अधिकार तथा शान्ति समाज केन्द्रीय कार्य समिति बैठकले चुरे संरक्षण गर्नुपर्नेमा जोड दिएको छ । यही असार १६ र १७ गते काठमाडौँमा सम्पन्न समाजको १५६औँ केन्द्रीय कार्यसमिति बैठकले ‘चुरे ध्वस्त पार्न पाइँदैन : मरुभूमिकरण गर्ने नीति चाहिँदैन’ भन्ने मूल नारासहित पर्सामा समाजको २६औँ राष्ट्रिय परिषद् बैठक राख्ने निर्णय गरेको महासचिव रेनुका पौडेलले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

बैठकअघि उक्त समाजका संस्थापक सभापति कृष्ण पहाडीले सङ्क्रमणकालीन न्याय प्रक्रिया र ठूला भ्रष्टाचारका घटनामा मुख्य दोषीलाई कारबाही नहुँदा नागरिकमा बढ्दो आक्रोशका साथै सरकार, सदन एवं सडकमा भएका गतिविधिबारे चर्चा गरेको थियो । बैठक अघि सुन्दरीजलस्थित बिपी सङ्ग्रहालय र जगडोलस्थित राष्ट्रिय सहिद तथा शान्ति पार्कमा वृक्षरोपण गरिएको थियो ।

एक दर्जन निर्णय गर्दै सम्पन्न बैठकमा समाजका कार्यबाहक सभापति कृष्णबहादुर रावलले अभियानका सम्बन्धमा, महासचिव पौडेलले सङ्गठन र कोषाध्यक्ष किरण ढकालले अर्थ सम्बन्धमा प्रारुप पत्र प्रस्तुत गरेको थियो । बैठकले उक्त संस्थाको केन्द्रीय कार्यालयमा कार्यरत कार्यक्रम अधिकृत सरिता पौडेललाई उपनिर्देशकमा र जनकप्रसाद भण्डारीलाई कार्यक्रम सहायकमा पदोन्नति गर्ने निर्णय गरेको थियो । रा


प्रकाशित मिति: १८ असार २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?