Trending
>>   वास्तविक माओवादी हामी हौँः खड्गबहादुर विश्वकर्मा >>   हेटौँडा सडक विस्तारमा स्थानीय प्रशासनले जबरजस्ती गरेको भन्दै पीडितहरुले गराए सरकारको ध्यानाकर्षण >>   ओलीको प्रश्न: म बालुवाटारबाट नभागेको भए जेन जीले के गर्थे? >>   जेनजी–सरकारबीच भएको सम्झौताप्रति ओलीको टिप्पणीः ‘कलाबिहीन भद्दा नाटक’ >>   एमालेको ११ औं महाधिवेशनमा विदेशी पाहुना नबोलाइने, नेपालका १६ दललाई निम्तो >>   पूर्वराष्ट्रपति भण्डारीद्वारा जेन–जी आन्दोलनमा क्षति भएको संसद भवनको अवलोकन >>   कोप–३० नेपालको लागि उपलब्धिमूलक तर चुनौति धेरै: जलवायु वित्त विज्ञ क्षेत्री >>   स्वास्थ्य क्षेत्रमा बजेट घट्नु राम्रो होइनः अर्थमन्त्री खनाल >>   एक वर्षमा १ करोड २५ लाखले लिए बीमामार्फत स्वास्थ्य सेवा >>   लैङ्गिक हिंसा आफ्नो व्यवहारबाटै हटाऔँः खेलकुदमन्त्री गुप्ता
Logo
२६ मंसिर २०८२, शुक्रबार
२६ मंसिर २०८२, शुक्रबार

हेवा खोलामा बेलिब्रिज निर्माण सुस्त, तेश्रो पटक डाइभर्सन गरेर यातायात खुलाइयो


१८ असार, ताप्लेजुङ । असार २ गते राती आएको बाढीले पुल बगाए पछि आवागमन ठप्प भएको मेची राजमार्ग अन्तरगत हेवा खोलामा आइतबार रातीदेखि यातायात र ढुवानीका साधन सुचारु भएका छन् ।

खोलामा ह्युमपाइप र पेन स्टक पाइप राखेर डाइभर्सन गर्दै यातायात र सवारी साधन सुचारु गराइएको हो । हिलिहाङ ७ र फिदिम ४ जोड्ने हेवा खोलामा यसअघि असार १२ र १३ गते २ पटक डाइभर्सन गरेर सवारी पास गराइए पनि पुनः बाढी आएपछि आवागमन ठप्प भएको थियो ।

पुल बगाएपछि हेवा खोला पारी पर्ने पाँचथरका फालेलुङ, हिलिहाङ र याङवरक सँगै सिङ्गो ताप्लेजुङ जिल्ला सडक सम्पर्क विच्छेद भएका छन् । पुल बगेको स्थानमा सडक डिभिजन इलामले बेलिब्रिज निर्माण सुरु गरे पनि प्रगति सुस्त छ । पुल बन्न अझै एक साता लाग्ने भएकाले वैकल्पिक मार्गका रूपमा डाइभर्सन गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख हरि खतिवडाले बताए ।


प्रकाशित मिति: १८ असार २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?