Trending
>>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी >>   बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय >>   सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति >>   भन्सार अधिकृतको धम्कीपूर्ण अडियो प्रकरणः रास्वपा सांसद संग्रौलाद्वारा छानबिनको माग >>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

हेवा खोलामा बेलिब्रिज निर्माण सुस्त, तेश्रो पटक डाइभर्सन गरेर यातायात खुलाइयो


१८ असार, ताप्लेजुङ । असार २ गते राती आएको बाढीले पुल बगाए पछि आवागमन ठप्प भएको मेची राजमार्ग अन्तरगत हेवा खोलामा आइतबार रातीदेखि यातायात र ढुवानीका साधन सुचारु भएका छन् ।

खोलामा ह्युमपाइप र पेन स्टक पाइप राखेर डाइभर्सन गर्दै यातायात र सवारी साधन सुचारु गराइएको हो । हिलिहाङ ७ र फिदिम ४ जोड्ने हेवा खोलामा यसअघि असार १२ र १३ गते २ पटक डाइभर्सन गरेर सवारी पास गराइए पनि पुनः बाढी आएपछि आवागमन ठप्प भएको थियो ।

पुल बगाएपछि हेवा खोला पारी पर्ने पाँचथरका फालेलुङ, हिलिहाङ र याङवरक सँगै सिङ्गो ताप्लेजुङ जिल्ला सडक सम्पर्क विच्छेद भएका छन् । पुल बगेको स्थानमा सडक डिभिजन इलामले बेलिब्रिज निर्माण सुरु गरे पनि प्रगति सुस्त छ । पुल बन्न अझै एक साता लाग्ने भएकाले वैकल्पिक मार्गका रूपमा डाइभर्सन गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख हरि खतिवडाले बताए ।


प्रकाशित मिति: १८ असार २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?