Trending
>>   देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना >>   १० वर्षमा १०० बिलियन डलरको अर्थतन्त्र बनाउन सकिन्छः उपेन्द्र महतो >>   एमालेभित्र तल्लो तहबाटै स्वतःस्फूर्त समीक्षा शुरु >>   नेपालमा लगानीको अपार सम्भावना छ, ढुक्क भएर लगानी गर्नुस्ः अध्यक्ष ढकाल >>   नम्बर नमिलेको जुत्ता >>   मध्यपूर्वमा रहेका नेपालीहरुलाई सरकारले तत्काल उद्धार गर्नुपर्छः श्रमविज्ञ नेपाल >>   अर्थतन्त्र प्रतिष्पर्धी बनाउन दुई तहको मूल्य अभिवृद्धि कर र भन्सार दरमा कटौती आवश्यकः चेम्बर अध्यक्ष… >>   उपभोक्ता अदालतमा सरकारले मुद्दा नै दर्ता गरेन >>   “चुनावी खर्च खुल्दै: बालेन १४ लाख, रवि ९ लाख, महावीर पुन २८ लाख” >>   निजी क्षेत्रका मुद्दामा अर्थमन्त्री खनालको चासो, समसामयिक विषयमा छलफल
Logo
१ चैत्र २०८२, आईतवार
१ चैत्र २०८२, आईतवार

आज उडेनन् श्री एयरलाइन्सका जहाज, सबै विमानको प्राविधिक परीक्षण गरिने


१७ असार, काठमाडाैँ । श्री एयरलाइन्सका आज निर्धारित सबै उडान स्थगित भएका छन् । एयरलाइन्सले शनिबार राती प्रेस विज्ञप्ति जारी गर्दै आजका सबै उडान स्थगित गरेको जानकारी गराएको थियो । सोही अनुरूप सबै उडान स्थगित भएका हुन् ।

एयरलाइन्सका कर्पोरेट प्रबन्धक अनिल मानन्धरले उडान स्थगित गरी कम्पनीका सबै विमानको प्राविधिक परीक्षण गर्ने निर्णय भएकाले आजका सबै उडान स्थगित गरिएको बताएका थिए। सोमबारदेखि भने सबै उडान नियमित हुनेछ।

शनिवार ३ः३० बजे काठमाडौंबाट धनगढीका लागि उडेको विमानमा प्राविधिक समस्या आई पुनः काठमाडौं नै फिर्ता ल्याई अवतरण गरिएको थियो। यसपछि एयरलाइन्सले आज आफ्ना सबै विमानको प्राविधिक परीक्षण गर्ने निर्णय गरेका कारण सबै उडान स्थगित गरिएको हो।


प्रकाशित मिति: १७ असार २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?