Trending
>>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता
Logo
१३ माघ २०८२, मंगलवार
१३ माघ २०८२, मंगलवार

बाघको छाला र हड्डीसहित तीन जना समातिए


१५ असार, बाँके । कोहलपुरमा पाटेबाघको छाला र हड्डी सहित तीन जना पक्राउ परेका छन् । कोहलपुर ईलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर ११ बाट बाघको छाला र हड्डीसहित तीन जनालाई पक्राउ गरेको हो ।

कोहलपुर ईलाका प्रहरी कार्यालयका प्रमुख डीएसपी सुन्दर तिवारीका अनुसार पक्राउ पर्नेमा दैलेखको ठाटीकाँडा गाउँपालिका वडा नम्बर ४ घर भएका सुनील चुनारा, सोही जिल्ला भगवती गाउँपालिका वडा नम्बर ५ का नबीन कुमार कसेर र अछामको पन्चदेवल गाउँपालिका वडा नम्बर २ का टोपेन्द्र शाही रहेका छन् ।

बाघको छाला र हड्डीको कारोबार हुँदैछ भन्ने सुचनाको आधारमा प्रहरीले कोहलपुर नगरपालिका ११ स्थित पूर्वपश्चिम राजमार्गमा जाँच गर्ने क्रममा बाघको छाला र हड्डी फेला पारी उनीहरूलाई नियन्त्रण लिइएको बताए ।

डीएसपी तिवारीले बाघको छाला कहाँबाट ल्याईएको हो र उक्त कार्यमा अरु को को संलग्न छन् सो बारेमा थप अनुसन्धान भइरहेको बताए । यसअघि पनि धेरै पटक कोहलपुरबाट बाघ, हात्ती, गैंडा लगायत बहुमुल्य जनावरका अङ्गहरु तस्करी गरिरहेको अवस्थामा प्रहरीले पक्राउ गर्दै आएको छ ।


प्रकाशित मिति: १५ असार २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?