Trending
>>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
Logo
९ आश्विन २०८३, शुक्रबार
९ आश्विन २०८३, शुक्रबार

बाघको छाला र हड्डीसहित तीन जना समातिए


१५ असार, बाँके । कोहलपुरमा पाटेबाघको छाला र हड्डी सहित तीन जना पक्राउ परेका छन् । कोहलपुर ईलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर ११ बाट बाघको छाला र हड्डीसहित तीन जनालाई पक्राउ गरेको हो ।

कोहलपुर ईलाका प्रहरी कार्यालयका प्रमुख डीएसपी सुन्दर तिवारीका अनुसार पक्राउ पर्नेमा दैलेखको ठाटीकाँडा गाउँपालिका वडा नम्बर ४ घर भएका सुनील चुनारा, सोही जिल्ला भगवती गाउँपालिका वडा नम्बर ५ का नबीन कुमार कसेर र अछामको पन्चदेवल गाउँपालिका वडा नम्बर २ का टोपेन्द्र शाही रहेका छन् ।

बाघको छाला र हड्डीको कारोबार हुँदैछ भन्ने सुचनाको आधारमा प्रहरीले कोहलपुर नगरपालिका ११ स्थित पूर्वपश्चिम राजमार्गमा जाँच गर्ने क्रममा बाघको छाला र हड्डी फेला पारी उनीहरूलाई नियन्त्रण लिइएको बताए ।

डीएसपी तिवारीले बाघको छाला कहाँबाट ल्याईएको हो र उक्त कार्यमा अरु को को संलग्न छन् सो बारेमा थप अनुसन्धान भइरहेको बताए । यसअघि पनि धेरै पटक कोहलपुरबाट बाघ, हात्ती, गैंडा लगायत बहुमुल्य जनावरका अङ्गहरु तस्करी गरिरहेको अवस्थामा प्रहरीले पक्राउ गर्दै आएको छ ।


प्रकाशित मिति: १५ असार २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?