Trending
>>   ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फेरियो माहोलः नियमित उडानको आशाले पर्यटन व्यवसायी उत्साहित’ >>   उतारचढावमा बित्यो गत साता, आज सेयर बजार कता? >>   अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण >>   पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी >>   अविरल वर्षाले देशभर जनजीवन अस्तव्यस्तः दर्जनौं सडक अवरुद्ध, पुल बगायो >>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह
Logo
१२ आश्विन २०८३, सोमबार
१२ आश्विन २०८३, सोमबार

लोकतन्त्र र विधिको शासन बिना नागरिकको अधिकार सुनिश्चित हुँदैनः अर्थमन्त्री महत


१५ असार, काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता एवम् अर्थमन्त्री डा. प्रकाशशरण महतले स्वतन्त्रता, लोकतन्त्र र विधिको शासन बिना आम नागरिकको विकास र अधिकार सुनिश्चित हुन नसक्ने बताएका छन् । पार्टी कार्यालय सानेपामा आयोजित लोकतन्त्रवादी आदिवासी जनजाति संघको प्रशिक्षण कार्यक्रम मन्त्री डा. महतले भने, ‘लोकतान्त्रिक मूल्य र मान्यतालाई संस्थागत गर्ने काम नेपाली कांग्रेसले गरेको हो । यस विषयमा नेपाली कांग्रेस चट्टानझै नउभिएको भए अहिलेको लोकतान्त्रिक गणतान्त्रिक संविधान सम्भव थिएन । यो सन्देश सशक्त ढंगबाट आम जनमानसमा लैजान जरुरी छ ।’

उनले भने, ‘प्रशिक्षणले नेपाली कांग्रेसको आदर्श, सिद्धान्त, नीति, यसको इतिहास र संगठनलाई कसरी विस्तार गर्ने, आम आदिवासी जनतालाई नेपाली कांग्रेससँग कसरी र किन जोड्नेबारे प्रशिक्षण कार्यक्रममा योगदान रहनेछ ।’

नेपाली कांग्रेसले समावेशितालाई नेपालको राजनीतिमा प्रवेश गराएको उनले दाबी गरेका छन् । उनले भने,  ‘विधानमा महिला, आदिवासी, जनजाति, मधेश, दलित र कर्णालीलाई समावेशिता सिद्धान्तको हिसाबले पार्टी संरचनामा आरक्षण सुनिश्चित गरेको हो । अरु दल पनि यो बाटोमा हिड्ने परिवेश बन्यो ।’

‘जनजातिभित्र विविध आदिवासी जनजाति जोडिएका छन् । जनजातिसँग जोडिएको संस्कृति, सभ्यता र रितिरिवाजले नेपाललाई समृद्ध बनाएको छ । पूर्वका राई, लिम्बु सुनवार, तराईका सतार, राजवंशी, बागमतिका तामाङ शेर्पा, उपत्यकाका नेवार समुदाय बिना नेपाल पूर्ण हुँदैन’, उनले भने, ‘नेपाली कांग्रेसले यसलाई पूर्णरुपमा अंगिकार गरेको छ । आदिवासी जनजातिको सामाजिक, आर्थिक र राजनीतिक सशक्तिकरण र सहभागिता नेपाली कांग्रेसको मूलमन्त्र भएको कसैले बिर्सन नहुने बताएका छन् । यो सन्देश हामीले आम आदिवासीका बीचमा लिएर जानुपर्छ ।’

महतले हाम्रो नीति सिद्धान्त, कार्यक्रम, हामीले गरेको काम, गरिरहेको काम र गर्ने काम सशक्त ढंगले आम जनतामाँझ लैजान नसक्नु नेपाली कांग्रेसको कमजोरी भएको बताएका छन् । उनले भने, ‘हामी व्यक्ति आलोचनमा बढी समय खर्च गछौं । गहिराइमा पुगेर अध्ययन नगरेका विषय सामाजिक सञ्जालमा राख्दा त्यसले हानी गर्छ ।’

पार्टीको निर्णय ग्रहण गर्न नसक्नु कांग्रेस नेतृत्वको अर्को कमजोरी भएको उनले बताए । उनले भने, ‘यसले जनता अलमलमा परेका छन्, यो अन्योलता चिर्नुपर्छ ।’


प्रकाशित मिति: १५ असार २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?