Trending
>>   एमालेले विधान संशोधन नगर्ने, १५ पदाधिकारी र २५१ जनाको केन्द्रिय कमिटी रहने >>   ७६ हजार १७० पिस ट्रामाडोल लागुऔषधसहित वीरगञ्जबाट ४ जना पक्राउ >>   आम नागरिकलाई सुशासनको अनुभुति हुनेगरी काम गर्नेछुः नवनियुक्त श्रममन्त्री भण्डारी >>   एमाले महाधिवेशन प्रतिनिधिहरु सूर्यअंकित रातो ढाका टोपीमा सजिए >>   राजसंस्था जनमत संग्रहबाट होइन, सबैको सहमतिबाटै पुनःस्थापित गर्नुपर्छः राप्रपा >>   लैङ्गिक हिंसा न्युनिकरणको लागि एकीकृत कानून निर्माणको तयारीमा सरकार >>   निर्वाचन निर्वाध सम्पन्न गरी अहिलेको अवस्थालाई सहज निकास दिन आवश्यकः राष्ट्रपति >>   साहित्यले समाजको पथप्रर्दशकको काम गर्नुपर्दछः ओली >>   सशस्त्र प्रहरी प्रमुख अर्यालको तीन वर्षे उपलब्धिसँगै निर्वाचनलक्षित सुरक्षा रणनीति सार्वजनिक >>   आफ्नो वरिपरिकालाई मात्रै नेतृत्वका लागि योग्य ठान्ने ओली प्रवृत्ति अन्त्य गर्न चाहन्छौँः सुरेन्द्र पाण्डे
Logo
२६ मंसिर २०८२, शुक्रबार
२६ मंसिर २०८२, शुक्रबार

पहिरो प्रभावित क्षेत्रमा वृक्षरोपण


१४ असार ,लुम्बिनी । बुटवल उपमहानगरपालिका–३ पहिरो प्रभावित क्षेत्र ज्योतिनगरमा आज वृक्षरोपण गरिएको छ ।

ज्योतिनगरको पहिरो प्रभावित क्षेत्रमा आज बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले वृक्षरोपणको सुरुआत गरी एक हजार तीन सय बिरुवा लगाउने बताए ।

उनले ज्योतिनगर क्षेत्रको पहिरो प्रभावित क्षेत्रलाई सुरक्षित बनाउनका लागि उपमहानगरपालिकाले ग्याबिन जाली लगाउने, कल्भर्ट बनाउने, रिटेनिङ वाल लगाउने र बाढी तर्काउने काम गर्दै आएको बताए ।

वृक्षरोपण अभियानअन्तर्गत एक हजार तीन सय बाँस र अम्रिसोका बिरुवा सो क्षेत्रमा रोप्ने कार्यक्रम रहेको उपमहानगरपालिकाले जनाएको छ । उपप्रमुख सावित्रादेवी अर्यालले पहिरो प्रभावित क्षेत्रका बस्ती सुरक्षित राख्नका लागि नगरले आवश्यक काम गरिरहेको बताए ।

उनले नगरको बजेटबाट मात्रै पहिरो नियन्त्रण सम्भव नभएकाले सङ्घ र प्रदेशले पनि विशेष चासो दिनुपर्ने बताए । गत वर्ष पाँच सय बिरुवा रोपिएको र अहिले एक हजार तीन सय बिरुवा रोपेपछि पहिरो रोकथाममा सहयोग पुग्ने स्थानीय अमृत खड्काले बताए ।

ज्योतिनगर क्षेत्र पासाङ टोल मिलन पथमा दुई वर्षअघि आएको पहिराका कारण छ सय घर प्रभावित भएका छन् ।


प्रकाशित मिति: १४ असार २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?