Trending
>>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित
Logo
१० आश्विन २०८३, शनिबार
१० आश्विन २०८३, शनिबार

पहिरो प्रभावित क्षेत्रमा वृक्षरोपण


१४ असार ,लुम्बिनी । बुटवल उपमहानगरपालिका–३ पहिरो प्रभावित क्षेत्र ज्योतिनगरमा आज वृक्षरोपण गरिएको छ ।

ज्योतिनगरको पहिरो प्रभावित क्षेत्रमा आज बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले वृक्षरोपणको सुरुआत गरी एक हजार तीन सय बिरुवा लगाउने बताए ।

उनले ज्योतिनगर क्षेत्रको पहिरो प्रभावित क्षेत्रलाई सुरक्षित बनाउनका लागि उपमहानगरपालिकाले ग्याबिन जाली लगाउने, कल्भर्ट बनाउने, रिटेनिङ वाल लगाउने र बाढी तर्काउने काम गर्दै आएको बताए ।

वृक्षरोपण अभियानअन्तर्गत एक हजार तीन सय बाँस र अम्रिसोका बिरुवा सो क्षेत्रमा रोप्ने कार्यक्रम रहेको उपमहानगरपालिकाले जनाएको छ । उपप्रमुख सावित्रादेवी अर्यालले पहिरो प्रभावित क्षेत्रका बस्ती सुरक्षित राख्नका लागि नगरले आवश्यक काम गरिरहेको बताए ।

उनले नगरको बजेटबाट मात्रै पहिरो नियन्त्रण सम्भव नभएकाले सङ्घ र प्रदेशले पनि विशेष चासो दिनुपर्ने बताए । गत वर्ष पाँच सय बिरुवा रोपिएको र अहिले एक हजार तीन सय बिरुवा रोपेपछि पहिरो रोकथाममा सहयोग पुग्ने स्थानीय अमृत खड्काले बताए ।

ज्योतिनगर क्षेत्र पासाङ टोल मिलन पथमा दुई वर्षअघि आएको पहिराका कारण छ सय घर प्रभावित भएका छन् ।


प्रकाशित मिति: १४ असार २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?