Trending
>>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध >>   संसारका लागि हात्ती र बाघ पाल्दा नेपालले के पाउँछ:नारायणदत्त मिश्र >>   सरकारविरुद्ध माईतीघरमा जेन–जीको नाराबाजीः ‘जेन–जीको माग हरायो, निर्वाचन भनि करायो’ (तस्बिरहरु) >>   एमाले निर्वाचनमा जान तयार भयो, ओलीको स्थानहदमा सरकार लचिलो बन्नसक्छः सञ्चारमन्त्री खरेल
Logo
९ पुष २०८२, बुधबार
९ पुष २०८२, बुधबार

गुरूको ढाड खुस्काउने विद्यार्थीको सरकारले संरक्षण गरिरहेको छ : केपी ओली


१४ असार, काठमाडाैँ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आजभोलि गुरु कुट्ने संस्कृति बढिरहेकाले त्यसबाट बच्नुपर्ने बताएका छन् । काठमाडौंमा बिहीबार आयोजित मदन भण्डारी मेमोरियल कलेजको वार्षिकोत्सवमा उनले यस्तो बताएका हुन् ।

“आजभोलि गुरु कुट्ने संस्कृति हाबी हुँदैगएको छ, गुरुलाई देवता समान मान्ने देशमा गुरु कुट्ने संस्कृतिको विकास हुनु दुःखद् कुरा हो” अध्यक्ष ओलीले थपे, “सभ्यताको दियो बाल्ने देशमा गुरु कुट्नेहरूको संरक्षण र प्रोत्साहन गर्ने सरकारको काम खेदजनक छ ।”

“हाम्रो देशजस्तो एउटा सभ्यताको जग, सभ्यता सुरु गर्ने देश, सभ्यताको दियो बाल्ने देश, यस्तो देश गुरुदेवो भव: भन्ने देशमा आज गुरुको ढाड खुस्काउँदै छन् । टाउको फुटाउदैछन्” अध्यक्ष ओलीले त्यस्ता विद्यार्थीको मुद्दा फिर्ता लिने काम सरकारले गरेर संरक्षण गरिरहेको उनले आरोप लगाए ।


प्रकाशित मिति: १४ असार २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?