Trending
>>   काँग्रेस–एमालेले अविलम्व सहकार्य गरेर अघि बढ्नुपर्छः रामबहादुर थापा >>   टुँडिखेलमा हर्षोल्लासका साथ तमु ल्होसार मनाइयो (तस्बिरहरु) >>   नेपालमा च्याउ खेतीको प्रचुर सम्भावना छः कृषिमन्त्री परियार >>   न्यु डायमण्ड सेमिफाइनलमा >>   कीर्तिपुरको डाँडामा बसेर महिनाको तीन लाख कमाउन सकिन्छः अर्थमन्त्री खनाल >>   सेन्ट्रल ओपनमा राहुलको अग्रता कायमै >>   रवि, बालेन, कुलमानलक्षित ओलीको टिप्पणीः कुखुरा, बाख्रा र स्यालको मोर्चा गरेर बाघको शिकार हुँदैन >>   नेपालमा अब नेपाली कम्युनिष्ट पार्टीको विकल्प छैनः माधव नेपाल >>   मदन–आश्रितका हत्यारालाई कानूनको कठघरामा उभ्याउनेछौँः रामबहादुर थापा >>   सामाजिक सञ्जाल र शहरमा होहल्ला गर्नेहरूले देश कब्जा गरिसकेको भ्रम फैल्याएः प्रचण्ड
Logo
१६ पुष २०८२, बुधबार
१६ पुष २०८२, बुधबार

ज्ञानको विकास र बिस्तार नेपालबाटै भएको हो : अध्यक्ष ओली


१४ असार, काठमाडाैँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपालबाटै ज्ञान दिने कामको सुरुआत भएको बताएका छन् । मदन भण्डारी मेमोरियल कलेजको २२औँ वार्षिकोत्सव समारोहमा यहाँ सम्बोधन गर्दै उनले नेपाली भूमिबाटै ज्ञानको विकास र विस्तार भएको बताए ।

“पहिलो शास्त्र, पहिलो लिपी र पहिलो सङ्गीत यहीँबाट सिर्जना भएका हो”, उनले भने, “वाद्यवादन, नृत्य, साहित्यमा नवरस र  पहिलो कविता पनि यही भूमिबाट सुरु भएको हो ।”

अध्यक्ष ओलीले शिक्षा व्यावहारिक र जीवनउपयोगी हुनुपर्नेमा समेत जोड दिएका छन् । उनले व्यक्ति र समाजका लागि उपयोगी हुने खालको शिक्षा आवश्यक रहेको बताए ।

उनले शिक्षालयले पनि विद्यार्थीलाई सस्तो शुल्कमा गुणस्तरीय शिक्षा दिनसक्ने हुनुपर्ने भन्दै मदन भण्डारी कलेजलाई नमुना कलेज बनाउन सुझाव दिए । विद्यार्थी असफल भए शिक्षक पनि असफल हुने भन्दै उनले शिक्षकले पनि मेहनत गर्नुपर्ने बताए ।

अध्यक्ष ओलीले गुरु कुट्नेहरु विद्यार्थी नहुने भन्दै सालिन, इमान्दार र विनम्रता विद्यार्थीका गुण भएको बताए । विद्यार्थीले रुचिअनुसारको विषय अध्ययन गर्न नपाएको उल्लेख गदै भने, “अवसरले प्रतिभालाई प्रस्फुटन गराउँछ, त्यसैले अवसरलाई सदुपयोग गर्नुपर्छ ।”

अध्यक्ष ओलीले नेपालमा विकासको धेरै सम्भावना भएको  भन्दै धेर काम गर्न सकिने बताए । उनले अमेरिकाका लागि एक प्रतिशतका उत्पादकत्व वृद्धि धेरै भए पनि हाम्रा लागि भने १० प्रतिशतको वृद्धि पनि कम हुने बताए ।


प्रकाशित मिति: १४ असार २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?