Trending
>>   काँग्रेस–एमालेले अविलम्व सहकार्य गरेर अघि बढ्नुपर्छः रामबहादुर थापा >>   टुँडिखेलमा हर्षोल्लासका साथ तमु ल्होसार मनाइयो (तस्बिरहरु) >>   नेपालमा च्याउ खेतीको प्रचुर सम्भावना छः कृषिमन्त्री परियार >>   न्यु डायमण्ड सेमिफाइनलमा >>   कीर्तिपुरको डाँडामा बसेर महिनाको तीन लाख कमाउन सकिन्छः अर्थमन्त्री खनाल >>   सेन्ट्रल ओपनमा राहुलको अग्रता कायमै >>   रवि, बालेन, कुलमानलक्षित ओलीको टिप्पणीः कुखुरा, बाख्रा र स्यालको मोर्चा गरेर बाघको शिकार हुँदैन >>   नेपालमा अब नेपाली कम्युनिष्ट पार्टीको विकल्प छैनः माधव नेपाल >>   मदन–आश्रितका हत्यारालाई कानूनको कठघरामा उभ्याउनेछौँः रामबहादुर थापा >>   सामाजिक सञ्जाल र शहरमा होहल्ला गर्नेहरूले देश कब्जा गरिसकेको भ्रम फैल्याएः प्रचण्ड
Logo
१६ पुष २०८२, बुधबार
१६ पुष २०८२, बुधबार

राजनीतिमा मदन भण्डारीको योगदान उच्च छ : माधव नेपाल


१४ असार, काठमाडाैँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कम्युनिष्ट सिद्धान्तलाई स्वदेशी मौलिकतामा विकास गरी त्यसलाई लोकप्रिय बनाउन जननेता मदन भण्डारीको योगदान उच्च रहेको बताएका छन् ।

मदन भण्डारीको ७२औँ जन्मजयन्तीका अवसरमा अध्यक्ष नेपालले आज सन्देश जारी गर्दै नेपाली राजनीतिमा जनताको बहुदलीय जनवादको प्रतिपादन र त्यसको प्रयोगबाट सामाजिक न्याय, समानता, विकास र समृद्धिका लागि उहाँले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गरेका छन् ।

भण्डारीले विश्व परिवेशमा रक्षात्मक बन्दै गएको कम्युनिष्ट सिद्धान्तलाई गहिरो अध्ययन गरी समयसापेक्ष जनताको चाहनाअनुसार सुदृढीकरण गरी लोकप्रिय बनाएको भनिएको सन्देशमा उहाँको सरल जीवनशैली, आदर्श, निष्ठा र सङ्घर्ष सबैका लागि अनुकरणीय र प्रेरणादायी उनको भनाइ छ ।

तत्कालीन नेकपा (एमाले)का महासचिव मदन भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको विसं २०५० जेठ ३ गते चितवनको दासढुङ्गामा भएको दुर्घटनामा परी निधन भएको थियो ।


प्रकाशित मिति: १४ असार २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?