Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१८ माघ २०८२, आईतवार
१८ माघ २०८२, आईतवार

कोशी प्रदेशका सामाजिक विकासमन्त्री राजभण्डारीलाई सर्वोच्चले बयानका लागि बोलायो


१४ असार, काठमाडाैँ । सर्वोच्च अदालतले कोशी प्रदेशका सामाजिक विकासमन्त्री बुद्धिकुमार राजभण्डारीलाई अवहेलना मुद्दामा बयानका लागि बोलाएको छ। उच्च अदालत विराटनगरका रजिष्ट्रार जितेन्द्र थपलियाको प्रतिवेदनका आधारमा सर्वोच्चको एकल इजलासले मन्त्री राजभण्डारीलाई बयानका लागि बोलाएको हो। आदेशमा असार २१ गते १० बजे सर्वोच्चमा उपस्थित हुन भनिएको छ।

मन्त्री राजभण्डारीले विचाराधीन मुद्दामा सरकारको पक्षमा आदेश नभएपछि न्यायाधीशले आर्थिक लेनदेन गरेको आरोप सार्वजनिक रूपमा लगाएका रजिष्ट्रारको प्रतिवेदनमा उल्लेख छ। मुख्य रजिष्ट्रारसमक्ष पेस भएको प्रतिवेदनका आधारमा एकल इजलासले मन्त्रीको काम अवहेलनाजन्य रहेको निष्कर्षसहित बयानका लागि बोलाएको हो।

न्यायाधीश हरिप्रसाद फुँयालको एकल इजलासले उच्च अदालतमा विचाराधीन अवहेलना मुद्दासमेत झिकाउन आदेश दिएको छ। सर्वोच्चमा पठाएसँगै उच्चमा उक्त मुद्दाको लगत कट्टा हुनेछ। मूल मुद्दाको मिसिलसमेत अदालतले झिकाउन आदेश गरेको छ। बुधबारै उच्च अदालतले समेत राजभण्डारीलाई असार २० गते बयानमा उपस्थित हुन आदेश गरेको थियो।

सर्वोच्चले आदेशमा चित्त नबुझे माथिल्लो तहमा जाने र न्यायाधीशले आचारसंहिता उल्लङ्घन गरे कानुनबमोजिम कारबाही माग गर्ने निकाय रहेकोतर्फ पनि मन्त्री राजभण्डारीलाई आदेशमा सचेत गराएको छ। कानुनी संरचना विद्यमान रहेको अवस्थामा मन्त्रीले गरेको कार्य कर्तव्यबाट विचलन आउने काम भएको आदेशमा उल्लेख छ।

कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्यसचिव हंशराज वाग्लेलाई प्रदेश सरकारले बर्खास्त गरेको विषयमा उच्च अदालतले अल्पकालीन अन्तरिम जारी गरेको थियो। उक्त अन्तरिम आदेश आर्थिक लेनदेन गरेर जारी भएको आरोप मन्त्री राजभण्डारीले सार्वजनिक रूपमै न्यायाधीशमाथि लगाएका थिए।


प्रकाशित मिति: १४ असार २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?