Trending
>>   ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फेरियो माहोलः नियमित उडानको आशाले पर्यटन व्यवसायी उत्साहित’ >>   उतारचढावमा बित्यो गत साता, आज सेयर बजार कता? >>   अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण >>   पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी >>   अविरल वर्षाले देशभर जनजीवन अस्तव्यस्तः दर्जनौं सडक अवरुद्ध, पुल बगायो >>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह
Logo
१२ आश्विन २०८३, सोमबार
१२ आश्विन २०८३, सोमबार

पूर्वराष्ट्रपति भण्डारीले दिइन् बकर इदको शुभकामना


१४ असार, काठमाडाैँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले बकर इदजस्ता चाडपर्वका माध्यमबाट नेपालीमा आपसी एकता, सद्भाव र सहिष्णुताको भावना अभिवृद्धि भई बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गरेकी छन् ।

इद उल अजहा (बकर इद), २०८० का अवसरमा शुभकामना सन्देश दिँदै पूर्वराष्ट्रपति भण्डारीले नेपाली समाजको विशिष्टता सामाजिक एवं सांस्कृतिक विविधता भएकाले मानव जातिका मुख्य महाजातिहरू–आर्य, मङ्गोल, आष्ट्रिक र द्रविडअन्तर्गतका अनेकौँ जातजाति, जनजाति र भाषाभाषी साथै धार्मिक, सांस्कृतिक एवं भौगोलिक वैविध्यका बीचमा आपसी सदभाव, सहिष्णुता, सहअस्तित्व र भाइचारायुक्त सौहार्दता नेपाली समाजको मौलिक पहिचान बन्न पुगेको उल्लेख गरेकी छन् ।

बकर इदले सबै नेपालीलाई आफ्नो मौलिक परम्परा र संस्कृतिको संरक्षण, संवद्र्धन र विकास गर्दै प्रगतिशील, सभ्य एवं सुसंस्कृत समाज निर्माण गर्न प्रेरणा प्रदान गरोस् भन्ने उनले शुभकामना प्रकट गरेकी छन् ।


प्रकाशित मिति: १४ असार २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?