Trending
>>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित
Logo
११ आश्विन २०८३, आईतवार
११ आश्विन २०८३, आईतवार

लमिबगर–पञ्चमी–छितापोखरी सडक गुणतस्तरहीन


१२ असार, खोटाङ । ठेकेदार कम्पनीको लापरबाहीले दिप्रुङ चुइचुम्मा गाउँपालिकास्थित लमिबगर–पञ्चमी–छितापोखरी जोड्ने सडकखण्ड ग्राभेलको काम गुणस्तरहीन भएको पाइएको छ ।

ठेकेदार कम्पनी एचएसएन कन्ट्रक्सन प्रालि चौदण्डीगढी नगरपालिका–६ उदयपुरको लापरबाहीका कारण उक्त सडकको तीन दशमलव तीन सय ६० किलोमिटर सडकखण्डको काम गुणस्तरहीन भएको पाइएको हो ।

निर्माणाधीन सडक गुणस्तरहीन भएको गुनासो आएपछि सोमबार गाउँपालिकाका अध्यक्ष लोकेन्द्र राई, प्रमुख प्रशासकीय अधिकृत लोकेन्द्रबहादुर राई, इन्जिनियर मुकेशकुमार यादवसहितको टोली निर्माणस्थल पुगेको थियो ।

सडक निर्माणको क्रममा गुणस्तरहीन सामग्रीको प्रयोग भएको पाइएको गाउँपालिकाका अध्यक्ष राईले बताए । ठेकेदारले गुणस्तरहीन बालुवाको प्रयोग गरेको पाएपछि ड्रेन (नाली) भत्काएको उनले बताए ।

“गुणस्तहीन बालुवाको प्रयोग गरेर निर्माण गरिएको सम्पूर्ण ड्रेन भत्काएर भुक्तानीसमेत रोक्का गछौँ”, अध्यक्ष राईले भने, “ठेकेदार कम्पनीलाई गुणस्तरीय बालुवाको प्रयोग गरेर मात्रै संरचना निर्माण गर्न भनेका छौँ । अहिले काम रोकिएको छ ।”

सडकको नालीलाई गुणस्तरीय तवरबाट निर्माण गर्न पटक/पटक भने पनि निर्माण कम्पनीले बेवास्ता गरेको स्थानीयको गुनासो छ ।

विसं २०७९ माघ ५ गते निर्माण सम्पन्न गर्ने गरी विसं २०७९ जेठ २ गते रू ४३ लाख ९९ हजार नौ सय ६१ मा ठेक्का सम्झौता भएको थियो । सम्झौता पश्चात ठेकेदार कम्पनीले काम सुस्तगतिमा अगाडि बढाएको स्थानीयको भनाइ छ । तोकिएको समयमा सडक सम्पन्न नभएपछि जेठ मसान्तसम्मका लागि पहिलोपटक म्याद थप गरिएको इन्जिनियर मुकेशकुमार यादवले बताए। उनका अनुसार थप गरिएको समयसिमा पनि सकिएको छ ।

“निर्माणाधीन सडकको अन्य काम मापदण्ड अनुसार नै भएको पाइएको छ । नाली निर्माणमा प्रयोग भएको बालुवा खसुरो हुनुपर्नेमा कोशीको मसिनो बालुवा प्रयोग गरेको पाइएको हो”, प्रमुख राईले भने ।

सिमेन्ट र बालुवाको मात्रा नमिलाई काम गरेकाले गुणस्तरहीन भएको इन्जिनियर यादवको भनाइ थियो । उनका अनुसार हालसम्म ६० प्रतिशत मात्र भौतिक प्रगति भएको छ ।


प्रकाशित मिति: १३ असार २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?