Trending
>>   कस्तो रहला आज देशभरको मौसम ? >>   आज मिति २०८१ साल कार्तिक १७ गते शनिबार, हेर्नुहोस आजको राशिफल >>   ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु >>   गैरकानुनी रुपमा सवारी कर उठाएको भन्दै रोक्न निर्देशन >>   कुश्मिसेरा–राङ्खानी सडक निर्माणमा चरम लापरबाही >>   लक्ष्मीपूजामा स्वदेशी माग धानेर २५३ मेगावाट विजुली भारत निर्यात >>   इच्छाकामनाले निर्माण गर्‍यो चिस्यान केन्द्र >>   नागढुंगा सहकारीको पाँच करोड हिनामिना >>   १०० भारतीय रूपैयाँका लागि १६६ रूपैयाँ तिर्छन् सीमावारीका नेपालीहरू >>   नेपालले द्वारा इङ्ल्याण्ड छ विकेटले पराजित
Logo
१७ कार्तिक २०८१, शनिबार
१७ कार्तिक २०८१, शनिबार

कैदीबन्दीलाई खाट सहयोग


तनहुँको भानु नगरपालिकाले जिल्ला कारागार तनहुँलाई खाट हस्तान्तरण गरेको छ । कैदीबन्दीलाई सुत्नका लागि सहज होस् भन्ने उद्देश्यसहित नगरपालिकाले कारागारलाई खाट प्रदान गरेको हो । नगरप्रमुख आनन्दराज त्रिपाठीले १४ थान ‘डबल बेड’ साइजको खाट हस्तान्तरण गर्नुभएको हो । उहाँले कारागारका निमित्त प्रमुख नारायणप्रसाद अधिकारीलाई ती खाट हस्तान्तरण गर्दै नगरपालिकाले सामाजिक उत्तरदायित्वअन्तर्गत रु एक लाख बराबरको खाट सहयोग गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “कैदीबन्दीको सहजताका लागि विभिन्न पालिकाले सहयोग गरिरहेको थियो, कारागारका तर्फबाट हामीलाई पनि अनुरोध भएबमोजिम सहयोग गरेका हाँै ।” सहायक प्रमुख जिल्ला अधिकारी काशीराम गैरेले कारागारलाई सुधारगृहको रूपमा विकास गर्ने योजना रहेको बताउनुभयो ।

\कारागारलाई यसअघि व्यास नगरपालिकाको तर्फबाट ४०, म्याग्दे गाउँपालिकाको तर्फबाट ११, बन्दीपुर गाउँपालिकाको तर्फबाट पाँच, क्रिष्टिना गुरुङको तर्फबाट छ थान खाट सहयोग भइसकेको छ । त्यस्तै शुक्लागण्डकी नगरपालिकाले रु ५० हजार सहयोग गरेको थियो । देवघाट र घिरिङ गाउँपालिकालाई पनि सहयोगका लागि अनुरोध गरिएको निमित्त कारागार प्रमुख अधिकारीले बताउनुभयो । कारागार तनहुँका कैदीबन्दीका लागि नयाँ भवन निर्माण भएको छ । यसअघि पुरानो भवन हुँदा क्षमताभन्दा बढी कैदीबन्दी भएका कारण भुइँमा सुत्नुपर्ने बाध्यता थियो । एक सय ३५ जना क्षमताको कारागारमा हाल दुई सय ९५ कैदीबन्दी छन् । (ए) ब्लकमा एक सय २६, (बी) ब्लकमा एक सय ५० र (सी) ब्लकमा १९ जना कैदीबन्दी छन् । उपेक्षामा सहिद गाउँ तनहुँको व्यास नगरपालिका–८ पुलिमराङमा सहिद उद्यान छ । सो उद्यानका स्मारकमा सहिद भरत गुरुङ, शमसेरबहादुर गुरुङ, लालध्वज गुरुङ, धर्मध्वज गुरुङ, सर्वसिंह गुरुङ, हस्तवीर गुरुङको लहरै अर्धकदको सालिक छन् । राणाशासन र निर्दलीय पञ्चायती व्यवस्थाविरुद्धको आन्दोलनमा ज्यान गुमाए यी सबै सहिद पुलिमराङमा जन्मिएका थिए ।

विसं २००७ माघ १ गते बन्दीपुरमा राणा शासनविरुद्धको आन्दोलनमा पुलिमराङका धर्मध्वजले सहादत प्राप्त गर्नुभयो । विसं २०१८ मा निर्दलीय पञ्चायती व्यवस्थाविरुद्धको लडाइँमा पुलिमराङका लालध्वज, सर्वसिंह र हस्तवीरले कोत्रेमा सहादत प्राप्त गर्नुभयो । शम्शेरबहादुर भरतपुरमा र भरत पुलिमराङमै मारिनुभयो । राणा शासन र निर्दलीय पञ्चायती व्यवस्थाविरुद्धको लडाइँँमा पुलिमराङ गाउँका छ जना सहिद बने । व्यवस्था परिर्वतनको लडाइँमा होमिएर छ जना सहिद भए पनि पुलिमराङवासीले चाहेजस्तो गाउँ विकास हुनसकेको छैन । राजनीतिक खिचातानीले देशका लागि बलिदानी दिएका सहिदको उपेक्षा भएको स्थानीयवासीको गुनासो छ । गाउँमा अझै हिउँदमा मात्रै मोटर चल्न सक्ने सडक छ । बेलामै विकासले गाउँलाई नछुँदा गुज्लार गाउँ रित्तिएको छ ।

बूढापाकाले मात्र घर कुर्नुपर्ने बाध्यता छ । एउटै गाउँका छ जना सहिदले ज्यान गुमाएको गाउँमा विकास हुन नसकेको स्थानीयवासी टेकबहादुर गुरुङको गुनासो छ । सहिद परिवार र गाउँको पहिचान राज्यले गर्न नसकेको उहाँले बताउनुभयो । गाउँको विकासका लागि सरकारले अपहेलना गरेको जनाउँदै सहिद स्मारक बनाउन पनि आफूहरुले दुःख गर्नुपरेको उहाँ बताउनुहुन्छ । सहिद पार्क बनाउन तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले पहल गर्नुभएको थियो । विसं २०६६ मा सहिद स्मारक बनाएर छ सहिदको अर्धकदको सालिक राखियो । ती सालिकको एक दशकपछि अनावरण गरिएको थियो विसं २०७५ मा सहिद दिवसका अवसरमा सालिक अनावरण गरिएको थियो ।

बयालीस रोपनी क्षेत्रफलमा फैलिएको सो उद्यानलाई आकर्षक बनाउन रु आठ करोड ६७ लाखको बृहत् गुरुयोजना तयार गरिएको छ । गुरुयोजनाअनुसार काम गर्न बजेटको अभाव भएको स्मारक समितिका अध्यक्ष एकबहादुर गुरुङले बताउनुभयो । पुलिमराङको प्रवद्र्धनका लागि व्यास नगरपालिकाले बर्सेनि सहिद दिवसको अवसर पारेर मानुङकोटबाट अल्ट्रा म्याराथन गर्दै आएको छ । मानुङकोट र पुलिमराङलाई खेलकुदका माध्यमबाट जोड्ने उद्देश्य राखिएको नगरप्रमुख वैकुण्ठ न्यौपानेले बताउनुभयो ।


प्रकाशित मिति: १७ माघ २०७९, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?