Trending
>>   वास्तविक माओवादी हामी हौँः खड्गबहादुर विश्वकर्मा >>   हेटौँडा सडक विस्तारमा स्थानीय प्रशासनले जबरजस्ती गरेको भन्दै पीडितहरुले गराए सरकारको ध्यानाकर्षण >>   ओलीको प्रश्न: म बालुवाटारबाट नभागेको भए जेन जीले के गर्थे? >>   जेनजी–सरकारबीच भएको सम्झौताप्रति ओलीको टिप्पणीः ‘कलाबिहीन भद्दा नाटक’ >>   एमालेको ११ औं महाधिवेशनमा विदेशी पाहुना नबोलाइने, नेपालका १६ दललाई निम्तो >>   पूर्वराष्ट्रपति भण्डारीद्वारा जेन–जी आन्दोलनमा क्षति भएको संसद भवनको अवलोकन >>   कोप–३० नेपालको लागि उपलब्धिमूलक तर चुनौति धेरै: जलवायु वित्त विज्ञ क्षेत्री >>   स्वास्थ्य क्षेत्रमा बजेट घट्नु राम्रो होइनः अर्थमन्त्री खनाल >>   एक वर्षमा १ करोड २५ लाखले लिए बीमामार्फत स्वास्थ्य सेवा >>   लैङ्गिक हिंसा आफ्नो व्यवहारबाटै हटाऔँः खेलकुदमन्त्री गुप्ता
Logo
२६ मंसिर २०८२, शुक्रबार
२६ मंसिर २०८२, शुक्रबार

सडक दुर्घटनामा परेर बाबुछोरीको मृत्यु


१२ असार, झापा । पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको शिवसताक्षीस्थित सडक खण्डमा आज सडक दुर्घटनामा परेर बाबुछोरीको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार शिवसताक्षी–९ भालुखोलास्थित राजमार्गमा पश्चिमबाट पूर्वतर्फ आइरहेको प्र १–०२–००१क ३८७९ नं को ट्रक र विपरीत दिशाबाट गइरहेको प्र १–०१–००च ७४८२ नंको कार एकापसमा ठक्कर खाँदा कार चालक मोरङको उर्लाबारी–६ का ४५ वर्षीय गुरुचन चौधरी र सोही कारमा सवार उनकी छोरी १८ वर्षीया कुमकुमको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते दुवैको उपचारका क्रममा विर्तामोडस्थित बिएन्डसी अस्पतालमा मृत्यु भएको हो ।

दुर्घटनामा अन्य पाँचजना घाइते भएका छन् । घाइते हुनेमा मृतककी श्रीमती ४० वर्षिया सुजिता, छोरा १० वर्षीय विवेक, ३६ वर्षीया रञ्जुदेवी चौधरी, रतुवामाई १० का १९ वर्षीय रिकेश न्यौपाने र उर्लाबारी–७ की ४० वर्षीया मुना शाह रहेका छन् । उनीहरुको बिएन्डसी अस्पतालमा उपचार भइरहेको छ । परिवार र आफन्तसहित उनीहरु विवाहमा सहभागी भई घर फर्किंदै गर्दा दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।


प्रकाशित मिति: १२ असार २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?