Trending
>>   बालश्रम शोषणको आरोपमा सांसद रेखा शर्मा पक्राउ >>   राइड शेयरिङमा मनोमानी बढेको भन्दै ‘प्रो राइडर समूह’ आन्दोलित, प्रतिकिलोमिटर २७ रुपैयाँ भाडा तोक्न माग >>   सरकारको कार्ययोजनाः सार्वजनिक खरिद सुधारदेखि ऊर्जा निर्यात रणनीतिसम्म >>   ‘बखान’ उपन्यासलाई शहीद शिवप्रसाद पौडेल स्मृति राष्ट्रिय पुरस्कार >>   पीएसपीपी कार्यान्वयन गर्ने सरकारी निर्णयको निजी क्षेत्रबाट स्वागत >>   पूर्वप्रधानमन्त्री र गृहमन्त्रीको पक्राउः कानूनको शासन कि शक्तिको कानून ? >>   सरकारको कदम प्रतिशोधपूर्ण र घृणायुक्त, अध्यक्ष र पूर्व गृहमन्त्रीलाई तत्काल रिहा गरियोस्ः महेश बस्नेत >>   अहंकार >>   अध्यक्ष ओलीको गिरफ्तारी प्रतिशोधपूर्ण र गैरकानूनी, आजैबाट प्रदर्शनका कार्यक्रम शुरुः एमाले >>   प्रतिशोधको जवाफ प्रतिवाद हुन्छः लालबाबु पण्डित
Logo
१६ चैत्र २०८२, सोमबार
१६ चैत्र २०८२, सोमबार

आगामी आवदेखि कामपाको सबै सेवा अनलाइन प्रणालीमार्फत


१० असार ,काठमाडौँ । काठमाडौँ महानगरपालिकले आगामाी आर्थिक वर्षदेखि सबै सेवा अनलाइन प्रणालीमार्फत प्रदान गर्ने भएको छ । त्यसका लागि कामपाले रु १५ करोड बजेट विनियोजना गरेको आज आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै कामपाको उपप्रमुख सुनिता डङ्गोलले उक्त जानकारी गराए ।

‘सुशासनका लागि अनलाइन सेवा’ भन्ने नाराका साथ उक्त कार्यक्रम सञ्चालन गर्न लागिएको पनि उपप्रमुख सुनिता डङ्गोलले जानकारी दिईन् । त्यसैगरी, ‘महानगरले देख्छ’ योजनालाई गौरवको आयोजनाका रुपमा विकास गरी त्यसका लागि रु २० करोड विनियोजन गरिएको छ ।

कामपाले आफ्नै टेलिभिजन सञ्चालान ल्याउने भएको छ । उक्त विषयलाई आगामी आवको बजेटमा नै समावेश गरिएको छ । टेलिभिजन स्थापनाका लागि महानगरले रु पाँच करोड विनियोजन गरिएको छ । त्यसैगरी, कामपाले एक टोल एक खेलकुद पूर्वाधार कार्यक्रम सञ्चालन गर्ने भएको छ । त्यसका लागि रु १० करोड ५० लाख विनियोजन गरिएको छ ।

रु २५ अर्ब ५४ करोडको कूल बजेट ल्याएको कामपाले विगतका वर्षमा जस्तै यस वर्ष पनि भौतिक पूर्वाधार क्षेत्रमा सबैभन्दा बढी रु सात अर्ब ३४ करोड बजेट विनियोजन गरिएको छ । शिक्षामा रु एक अर्ब ३२ करोड र स्वास्थ्यमा रु ९२ करोड ६६ लाख बजेट विनियोजन गरिएको छ । शिक्षामा रु एक अर्ब बढी आगामी आर्थिक वर्षदेखि काठमाडौँ महानगरपालिकाको ८९ वटै सामुदायिक विद्यालयमा अध्यापन गराउने शिक्षकलाई मासिक रुपमा तलब उपलब्ध गराउने भएको छ ।

त्यसका लागि कामपाले त्यसका लागि रु ३० करोडको सोध भर्ना कोष खडा उपप्रमुख डङ्गोलले जानकारी दिईन् । हाल सामुदायिक विद्यालयका शिक्षकहरुले चौमासिक रुपमा तलब पाउँदै आएका थिए । ‘गरिखाने शिक्षा, महानगरको इच्छा’ कार्यक्रमका लागि ५० करोड रुपैयाँ खर्च गरिनेछ ।

करार कर्मचारी राख्न रु ३० करोड त्यसैगरी, कामपाले आगामी आर्थिक वर्ष तीन सय कुचिकार, दुई सय ६९ स्वास्थ्यकर्मी, एक सय ५१ नगर प्रहरी जवान, ५१ कार्यालय सहयोगी र ३२ जना चौकीदार करारमा राख्ने जानकारी दिनुभयो । यी जनशक्ति करारमा राख्न महानगरपालिकाले रु ३० करोड विनियोजन गरेको छ ।

‘मेरो सहर हरित सहर’ कार्यक्रमका लागि रु ५० करोड विनियोजन गरिएको छ । जसअन्तर्गत उद्यान, आइल्यान्डको निर्माण मर्मत सम्भार र वृक्षरोपण कार्य अभियानका रुपमा सञ्चालन गरिनेछ ।


प्रकाशित मिति: १० असार २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?