Trending
>>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध
Logo
९ पुष २०८२, बुधबार
९ पुष २०८२, बुधबार

तेह्र दशमलव ३६ प्रतिशतले घट्यो ललितपुर महानगरको बजेट


१० असार ,पाटन । ललितपुर महानगरपालिकाले चालु आर्थिक वर्षको वार्षिक बजेटको तुलनामा १३ दशमलव ३६ प्रतिशत घटाएर आगामी वर्षको बजेट प्रस्तुत गरेको छ ।

चालु आर्थिक वर्षमा पुरक बजेटसहित महानगरले रु सात अर्ब ५० करोड ३५ लाख तीन हजारको वार्षिक बजेट पारित गरेको थियो । आगामी आर्थिक वर्षका लागि रु छ अर्ब ५० करोड पाँच लाख ८८ हजारको बजेट प्रस्तुत भएको महानगरका उपप्रमुख मञ्जली शाक्यले बताए।

प्रस्तुत बजेटमा पूँजीगततर्फ रु चार अर्ब २१ लाख ४६ हजार र चालुतर्फ रु दुई अर्ब ४९ करोड ८४ लाख ४२ हजार छुट्याइएको छ । विनियोजित बजेटमा सडक पूर्वाधार, सम्पदा क्षेत्र, विपद् व्यवस्थापन केन्द्र स्थापना तथा सञ्चालन, हरियाली पार्क निर्माण, एक वडा एक उद्यान, एक घर एक बोट अभियान, प्रत्येक वडामा सार्वजनिक शौचालय, आयोजना बैंक निर्माण, अपाङ्गतामैत्री फुटपाथ निर्माणलाई जोड दिइएको उपप्रमुख शाक्यले प्रस्ट पारे ।

\हस्तकला प्रवद्र्धन, सहुलियतपूर्ण कर्जाका लागि बीउपूँजीको व्यवस्था, खानेपानी व्यवस्थापनका लागि बजेट, विपद् व्यवस्थापनका लागि सरसफाइ एम्बुलेन्सको अवधारणा लागू गरिने बजेटमा उल्लेख छ ।

वातावरण संरक्षणमा सघाउ पुर्याउने योजनालाई प्राथमिकता दिन वातावरण प्रहरीको सुरुआत विद्युतीय सवारी खरिद गर्ने करदातालाई राजस्वमा पाँच प्रतिशत छुट दिने कुरा पनि बजेटमा समेटिएको छ ।

गत असार ६ गते प्रस्तुत नीति तथा कार्यक्रममा आधारित रहेर महानगरले बजेट प्रस्तुत गरेको ललितपुर महानगरपालिका प्रमुख चिरीबाबु महर्जनले बताए ।


प्रकाशित मिति: १० असार २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?