Trending
>>   बालश्रम शोषणको आरोपमा सांसद रेखा शर्मा पक्राउ >>   राइड शेयरिङमा मनोमानी बढेको भन्दै ‘प्रो राइडर समूह’ आन्दोलित, प्रतिकिलोमिटर २७ रुपैयाँ भाडा तोक्न माग >>   सरकारको कार्ययोजनाः सार्वजनिक खरिद सुधारदेखि ऊर्जा निर्यात रणनीतिसम्म >>   ‘बखान’ उपन्यासलाई शहीद शिवप्रसाद पौडेल स्मृति राष्ट्रिय पुरस्कार >>   पीएसपीपी कार्यान्वयन गर्ने सरकारी निर्णयको निजी क्षेत्रबाट स्वागत >>   पूर्वप्रधानमन्त्री र गृहमन्त्रीको पक्राउः कानूनको शासन कि शक्तिको कानून ? >>   सरकारको कदम प्रतिशोधपूर्ण र घृणायुक्त, अध्यक्ष र पूर्व गृहमन्त्रीलाई तत्काल रिहा गरियोस्ः महेश बस्नेत >>   अहंकार >>   अध्यक्ष ओलीको गिरफ्तारी प्रतिशोधपूर्ण र गैरकानूनी, आजैबाट प्रदर्शनका कार्यक्रम शुरुः एमाले >>   प्रतिशोधको जवाफ प्रतिवाद हुन्छः लालबाबु पण्डित
Logo
१६ चैत्र २०८२, सोमबार
१६ चैत्र २०८२, सोमबार

तेह्र दशमलव ३६ प्रतिशतले घट्यो ललितपुर महानगरको बजेट


१० असार ,पाटन । ललितपुर महानगरपालिकाले चालु आर्थिक वर्षको वार्षिक बजेटको तुलनामा १३ दशमलव ३६ प्रतिशत घटाएर आगामी वर्षको बजेट प्रस्तुत गरेको छ ।

चालु आर्थिक वर्षमा पुरक बजेटसहित महानगरले रु सात अर्ब ५० करोड ३५ लाख तीन हजारको वार्षिक बजेट पारित गरेको थियो । आगामी आर्थिक वर्षका लागि रु छ अर्ब ५० करोड पाँच लाख ८८ हजारको बजेट प्रस्तुत भएको महानगरका उपप्रमुख मञ्जली शाक्यले बताए।

प्रस्तुत बजेटमा पूँजीगततर्फ रु चार अर्ब २१ लाख ४६ हजार र चालुतर्फ रु दुई अर्ब ४९ करोड ८४ लाख ४२ हजार छुट्याइएको छ । विनियोजित बजेटमा सडक पूर्वाधार, सम्पदा क्षेत्र, विपद् व्यवस्थापन केन्द्र स्थापना तथा सञ्चालन, हरियाली पार्क निर्माण, एक वडा एक उद्यान, एक घर एक बोट अभियान, प्रत्येक वडामा सार्वजनिक शौचालय, आयोजना बैंक निर्माण, अपाङ्गतामैत्री फुटपाथ निर्माणलाई जोड दिइएको उपप्रमुख शाक्यले प्रस्ट पारे ।

\हस्तकला प्रवद्र्धन, सहुलियतपूर्ण कर्जाका लागि बीउपूँजीको व्यवस्था, खानेपानी व्यवस्थापनका लागि बजेट, विपद् व्यवस्थापनका लागि सरसफाइ एम्बुलेन्सको अवधारणा लागू गरिने बजेटमा उल्लेख छ ।

वातावरण संरक्षणमा सघाउ पुर्याउने योजनालाई प्राथमिकता दिन वातावरण प्रहरीको सुरुआत विद्युतीय सवारी खरिद गर्ने करदातालाई राजस्वमा पाँच प्रतिशत छुट दिने कुरा पनि बजेटमा समेटिएको छ ।

गत असार ६ गते प्रस्तुत नीति तथा कार्यक्रममा आधारित रहेर महानगरले बजेट प्रस्तुत गरेको ललितपुर महानगरपालिका प्रमुख चिरीबाबु महर्जनले बताए ।


प्रकाशित मिति: १० असार २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?