Trending
>>   सेना परिचालनबारे अध्यक्ष ओलीको अभिव्यक्तिलाई गलत व्याख्या गरियो : एमाले >>   एमाले समानुपातिक उम्मेदवारको बन्दसूची पारित, सोमबार निर्वाचन आयोगमा बुझाउने >>   काठमाडौं मेडिकल कलेजमा ‘क्याथल्याव’ र ‘इपिल्याव’ प्रविधिः आधुनिक हृदय–मस्तिष्क उपचारमा नयाँ युग >>   रास्वपा–बालेन सम्झौताः संघीयता र धर्मनिरपेक्षताबारे मौन रहेको भन्दै जसपा नेपालको आपत्ति >>   चुनाव नै नभई प्रधानमन्त्रीको उम्मेद्वार बनाउने सहमति हाँस्यास्पद : एमाले >>   रवि–बालेनलाई काँग्रेस नेता राठौरको चुनौतिः सहकारी ठग र गँजेडीहरुले १० वर्ष पार्टी चलाएर देखाउन् >>   रवि–बालेनको सहमतिलाई अनौठो मान्नु पर्दैनः धनराज गुरुङ >>   रवि–बालेन सहमतिमा मुलुकलाई निकास दिने ठोस एजेण्डा छैनः राजनीतिक विश्लेषकहरू >>   काँग्रेसले समानुपातिक सूचि सोमवार आयोगमा बुझाउने >>   रवि र बालेनले सत्ता स्वार्थको लागि जेन–जी आन्दोलन हाइज्याक गर्न खोजेः योगेश भट्टराई
Logo
१५ पुष २०८२, मंगलवार
१५ पुष २०८२, मंगलवार

राष्ट्रियसभा बैठक सुरु, प्रधानमन्त्री प्रचण्डले सरकारको वार्षिक प्रतिवेदन पेश गर्ने


१० असार, काठमाडाैँ। राष्ट्रियसभाको बैठक सुरु भएको छ । राष्ट्रियसभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालको संविधानको धारा ५३ बमोजिम नेपाल सरकारको वार्षिक प्रतिवेदन २०७८/७९ पेस गर्ने सम्भावित कार्यसूची छ ।

महालेखा परीक्षकको ६०औँ वार्षिक प्रतिवेदन, २०७९ राष्ट्रिय महिला आयोगको १५औँ वार्षिक प्रतिवेदन २०७८÷७९ र राष्ट्रिय दलित आयोगको दोस्रो वार्षिक प्रतिवेदन २०७८/७९ पेस गर्ने कार्यसूची  छ ।

आजै कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८० राष्ट्रियसभासमक्ष पेस गर्नेछन् ।

राष्ट्रियसभाको आजको बैठकमा विशेष समयमा सांसद भैरवसुन्दर श्रेष्ठले मनसुन सुरु भएसँगै विभिन्न ठाउँमा बाढी, पहिराका घटना बढेको विषय उठाउँदै विपद् व्यवस्थापनका काममा सरकार गम्भीर हुनुपर्ने बताए ।

प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणका विषयमा दुई देशको सीमा विवाद, इपिजी प्रतिवेदनलगायतका महत्वपूर्ण विषय नउठाइएमा उनले प्रश्न उठाए ।

त्यस्तै माथिल्लो कर्णाली जलविद्युत् आयोजना लामो समयदेखि भारतीय कम्पनीले ओगटिरहेका विषयमा भारत भ्रमणका क्रममा कुनै विषय नउठेको तर फुकोट कर्णाली जलविद्युत् आयोजनाबिना प्रतिस्पर्धा भारतलाई दिनेगरी सहमति भएको उनको भनाइ छ ।

सांसद युवराज शर्माले नेपालमा भारतीय चलचित्र रोक लगाइएको, बजेटमा रोजगारी सिर्जना गर्ने विषय सम्बोधन हुन नसकेको, विभिन्न नदीमा लगाइएको बाँधका कारण तराईका कितिपय स्थान डुबानमा पर्ने गरेकालगायत विषय उठाए ।

सांसद मदनकुमारी शाह गरिमाले सुदूरपश्चिम क्षेत्रलाई सरकारले सधैँ उपेक्षा गर्ने गरेको बताइन् । सुदूरपश्चिम क्षेत्रका नागरिकले आफ्ना साना माग पूरा गर्नका लागि पनि शक्ति प्रदर्शन गर्नुपर्ने र काठमाडौँ धाउनुपर्ने अवस्था रहेको उनको भनाइ छ ।

अहिले कैलालीको गेटामा आन्दोलन चलिरहेकामा सरकारले त्यसलाई बेवास्ता गरेकोबारे उनले संसद्मार्फत् सरकारको ध्यानाकर्षण गरिन् ।

“शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय बन्ने भनिएकामा आगामी आर्थिक वर्षको बजेटमा स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने भनेर उल्लेख गरिएकोप्रति कैलालीको गेटामा आन्दोलन चलिरहेको छ । तर सरकारले त्यसलाई सुनेको छैन । यो विषयमा सरकारको ध्यानाकर्षण होस्”, उनले भनिन् ।


प्रकाशित मिति: १० असार २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?