Trending
>>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध >>   संसारका लागि हात्ती र बाघ पाल्दा नेपालले के पाउँछ:नारायणदत्त मिश्र >>   सरकारविरुद्ध माईतीघरमा जेन–जीको नाराबाजीः ‘जेन–जीको माग हरायो, निर्वाचन भनि करायो’ (तस्बिरहरु) >>   एमाले निर्वाचनमा जान तयार भयो, ओलीको स्थानहदमा सरकार लचिलो बन्नसक्छः सञ्चारमन्त्री खरेल
Logo
९ पुष २०८२, बुधबार
९ पुष २०८२, बुधबार

लाइसेन्सको ट्रायलमा नक्कली परीक्षार्थी बन्ने सशस्त्र प्रहरी जवान पक्राउ


१० असार, बागलुङ । सवारीचालक अनुमतीपत्रको प्रयोगात्मक परीक्षामा सहभागी नक्कली परिक्षार्थीलाई प्रहरीले आज पक्राउ गरेको छ । यातयात व्यवस्था कार्यालय बागलुङले माझीबस्तीमा लिइरहेको ट्रायल सेन्टरमा परीक्षा दिन गएका सशस्त्र प्रहरी जवान गणेश कोहिरीलाई नक्कली परीक्षार्थी बनेको आरोपमा पक्राउ गरिएको हो ।

कोहीरीलाई सहायक हवल्दार विनोद नेपालीका नाममा परीक्षा दिँदै अवस्थामा पक्राउ गरिएको बागलुङका प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी मदन केसीले जानकारी दिए ।

नक्कली परीक्षार्थी बनेका कोइरी सशस्त्र प्रहरी बल रुपन्देहीमा कार्यरत हुनुहुन्छ भने सशस्त्र प्रहरी बलको सहायक हवल्दार पदमा कार्यरत नेपाली कास्कीस्थित सशस्त्र बाहिनीमा कार्यरत छन् । प्रहरीले नेपालीलाई अनुसन्धका लागि बोलाउने तयारी भइरहेको केसीको भनाइ छ ।


प्रकाशित मिति: १० असार २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?