Trending
>>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित
Logo
११ आश्विन २०८३, आईतवार
११ आश्विन २०८३, आईतवार

बजेट कार्यान्वयनमा सबै जुट्नुको विकल्प छैन : मन्त्री बस्नेत


१० असार, सिन्धुपाल्चोक । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले बजेट कार्यान्वयनमा सबै मिलेर जानुपर्ने बताएका छन् । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाको १३औँ नगरसभा उद्घाटन गर्दै उनले तीनै तहका सरकारले ल्याउने बजेट सबैको समन्वयमा कार्यान्वयन हुनुपर्ने बताए ।

मन्त्री बस्नेतले सबै जनप्रतिनिधि जनताको सच्चा प्रतिनिधि हुनुपर्ने बताउँदै बजेट निर्माण र यसको कार्यान्वयनमा सजग हुनुपर्नेमा जोड दिए । “हामी जनताका सेवक भएकाले भ्रष्टाचारमुक्त समाज बनाउन सबै लाग्नुपर्छ, यसका लागि आफू सजग छु र अरूलाई समेत सजग हुन आग्रह गर्दछु”, उनले बताए ।

संविधानमा व्यवस्था भएबमोजिम स्वास्थ र शिक्षाजस्ता क्षेत्र सबै नागरिकमा सर्वसुलभ बनाउन आफू लागिपरेको बताउँदै उनले सबै नागरिकमा आधारभूत सेवाको प्रत्याभूति हुने गरी काम गरिने बताए । मन्त्री बस्नेतले विकास निर्माण र जनसेवामा राजनीति सकारात्मक हुनुपर्ने र निर्वाचनमा पार्टी फरक भए पनि विकासमा एकै भएर काम गर्नुपर्नेमा जोड दिए ।

बागमती प्रदेशका वन तथा वातावरणमन्त्री मसिना खड्का भण्डारीले प्राकृतिक सम्पदा संरक्षण गर्दै दिगो विकास लक्ष्य हासिल गर्न मन्त्रालय अग्रसर रहेको बताए । बाह्रबिसे नगरपालिकाका प्रमुख बालकृष्ण बस्नेतले आफ्नो नगरपालिकाले किसान बीमा, माध्यमिक शिक्षा पूर्णरूपमा निःशुल्क, एम्बुलेन्स तथा शववाहन सेवाजस्ता जनतासँग प्रत्यक्ष जोडिएका क्षेत्रमा काम गरिरहेको र नगरको बजेट यसकै वरिपरि रहने बताए । बाह्रबिसे नगरपालिकाले नगरसभामा आगामी आर्थिक वर्षका लागि रु ६० करोड २२ लाख एक सय ७९ बराबरको बजेट प्रस्तुत गरेको छ ।


प्रकाशित मिति: १० असार २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?