Trending
>>   समाजवाद र साम्यवाद विश्वबाटै असफल भइसक्योः अबको युग संवद्र्धनवादको :राजेन्द्र लिङ्देन >>   सर्लाहीमा जसपाका वरिष्ठ उपाध्यक्ष चौधरी कांग्रेस प्रवेश >>   अमेरिका–चीन कूटनीतिक भेटवार्ता: सहकार्य र शान्तिपूर्ण सम्बन्धको संकेत >>   राप्रपाले सार्वजनिक गर्‍यो निर्वाचन सङ्कल्प पत्र: “सबलब, समृद्व र समुन्नत नेपाल” लक्ष्य >>   महाशिवरात्रिका लागि पशुपतिमा तयारी पूरा, ट्राफिक व्यवस्थापन कडा >>   सुरक्षा मामिलामा युरोपले आफ्नो जिम्मेवारी लिनुपर्छ : ईयू प्रमुख >>   निर्वाचन शान्तिपूर्ण बनाउन प्रधानसेनापति सिग्देलको कडा निर्देशन >>   विगतका सत्ताधारीकै असफलताले देश संकटमा पुगेको हो : उपेन्द्र यादव >>   ‘केपी शर्मा ओलीलाई नै भोट किन ?’-एमालेले सार्वजनिक गर्‍यो विस्तृत प्रतिबद्धता पत्र >>   अब दुई कार्यदिनमै राहदानी उपलब्ध हुने
Logo
२ फाल्गुन २०८२, शनिबार
२ फाल्गुन २०८२, शनिबार

‘राजद्रोही राजनेता’ वृत्तचित्र विपी संग्राहलयमा


९ असार ,काठमाडौँ । ‘राजद्रोही राजनेता’ वृत्तचित्र विपी संग्राहलय सुन्दरीजलमा प्रदर्शनी गरिएको छ । सुशील कोइराला मेमोरियल फाउण्डेशन, अन्वेषण न्यूज डटकम र विपी संग्राहलयको आयोजनामा वृत्तचित्र प्रदर्शनी गरिएको हो ।

प्रथम जननिर्वाचित प्रधानमन्त्री विपी कोइरालाको तस्वीरमा माल्यार्पण गरी विपी फाउण्डेशनका अध्यक्ष एवं नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. सशांक कोइरालाले कार्यक्रम शुभारम्भ गरेका थिए ।

विसं २०३३ पुस १६ गतेदेखि विस २०३६ मा जनमत संग्रहको घोषणासम्मका विपी कोइरालाका केही महत्वपूर्ण गतिविधि वित्तचित्रमा समेटिएको छ । वृत्तचित्र अवलोकन गर्न पूर्वमन्त्रीद्वय चित्रलेखा यादव र तारणीदत्त चटौत, बाग्मती प्रदेशका पूर्वप्रमुख अनुराधा कोइरालालगायत वरिष्ठ पत्रकार तथा समाजका विभिन्न क्षेत्रका लब्ध प्रतिष्ठित व्यक्तित्व सहभागी थिए ।

अवलोकनपछि प्रतिक्रिया दिदै वरिष्ठ पत्रकार किशोर नेपालले विपीका विषयमा समग्र जीवनी झल्कने वृत्तचित्रको आवश्यकता रहेको बताए । कार्यक्रममा फाउण्डेशनका सदस्य सचिव अतुल कोइराला, अन्वेषण न्यूज डटकमका प्रधानसम्पादक जगत नेपाल र संग्राहलय समितिका अध्यक्ष परशुराम पोख्रेलले वृत्तचित्रमा समेटिएका घटना क्रमकाबारेमा जानकारी गराएका थिए ।

विस २०१७ पुस १ गते राजनीतिक घटनापछि विपी, गणेशमानसिह, कृष्णप्रसाद भट्टराईलगायतका नेतालाई सुन्दरीजल बन्दीगृहमा बन्दी बनाइएको थियो । विस २०२५ मा नेताहरुलाई जेल मुक्त गरिएको थियो भने विस २०३३ पुस १६ गते राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिइ स्वदेश फर्कनुभएका विपी लगायतका नेतालाई विमानस्थलबाटै पक्राउ गरी फेरी सुन्दरीजल लगिएको थियो ।

विपीलाई करिव १० बर्ष बन्दी बनाइएको बन्दीगृहलाई सरकारले २०६१ भदौ २४ गते विपी जयन्तीका अवसरमा संग्राहलयमा रुपान्तरण गरेको थियो ।


प्रकाशित मिति: ९ असार २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?