Trending
>>   सहकारी पीडितको वचत फिर्तामा सरकार संवेदनशील, १ लाख मुनिकालाई प्राथमिकता >>   सरकारद्वारा चैत १९ मा संघीय संसदको अधिवेशन आह्वान गर्न सिफारिस, संविधान संशोधनका लागि कार्यदल गठन >>   सांसदहरुलाई पूर्णबहादुर खड्काले भने–‘संविधान संशोधनको मुद्दा उठेको छ, ख्याल गर्नुहोला’ >>   बालश्रम शोषणको आरोपमा सांसद रेखा शर्मा पक्राउ >>   राइड शेयरिङमा मनोमानी बढेको भन्दै ‘प्रो राइडर समूह’ आन्दोलित, प्रतिकिलोमिटर २७ रुपैयाँ भाडा तोक्न माग >>   सरकारको कार्ययोजनाः सार्वजनिक खरिद सुधारदेखि ऊर्जा निर्यात रणनीतिसम्म >>   ‘बखान’ उपन्यासलाई शहीद शिवप्रसाद पौडेल स्मृति राष्ट्रिय पुरस्कार >>   पीएसपीपी कार्यान्वयन गर्ने सरकारी निर्णयको निजी क्षेत्रबाट स्वागत >>   पूर्वप्रधानमन्त्री र गृहमन्त्रीको पक्राउः कानूनको शासन कि शक्तिको कानून ? >>   सरकारको कदम प्रतिशोधपूर्ण र घृणायुक्त, अध्यक्ष र पूर्व गृहमन्त्रीलाई तत्काल रिहा गरियोस्ः महेश बस्नेत
Logo
१७ चैत्र २०८२, मंगलवार
१७ चैत्र २०८२, मंगलवार

टर्कीमा आणविक ऊर्जा प्लान्टहरूको प्रदर्शनी


८ असार, एजेन्सी । इस्तानबुलमा आणविक ऊर्जा प्लान्टहरूको प्रदर्शनी बिहीबार सम्पन्न भएको छ । आणविक ऊर्जा क्षेत्रको पछिल्लो घटनाक्रमको बारेमा छलफल गर्न विश्वभरका १,००० भन्दा बढी उद्यमीहरूलाई एकसाथ ल्याएर छलफल गरी सो प्रदर्शनी बिहीबार सम्पन्न भएको छ ।

टर्किको ऊर्जा र प्राकृतिक स्रोत मन्त्रालयको सहयोगमा देशको सबैभन्दा ठूलो शहर टर्किएमा बुधबारदेखि शुरु भएको सो कार्यक्रम पाँचौं आणविक ऊर्जा प्लान्ट एक्स्पो र नवौं शिखर सम्मेलनको नाम दिइएको थियो।

यसलाई टर्कि, अफ्रिका र मध्य पूर्वलाई समेट्ने सबैभन्दा व्यापक आणविक ऊर्जा कार्यक्रमको रूपमा बुझिएको छ ।

दुई दिने कार्यक्रममा ऊर्जा क्षेत्रमा सानो मोड्युलर रिएक्टरको भूमिका र आणविक ऊर्जा क्षेत्रमा सक्रिय उद्योगीहरूको अवसर लगायतका विषयमा छलफल गरिएको थियो।


प्रकाशित मिति: ८ असार २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?