Trending
>>   रास्वपा काङ्ग्रेस-एमालेदेखि टुटेफुटेका सबै दलको विपक्षि हो ! >>   घुसपैठकाे आशंकाः कुटाइ खाने त्रिपाठी र हातपात गर्ने केसी दुवै कांग्रेस ! >>   शहीदको स्मरणमा शनिवार साँझ जानकी मन्दिरमा एक लाख दीप प्रज्वलन गरिने >>   टाइगर कप भलिबलमा दुई विदेशी टोली >>   काठमाडौंको भृकुटीमण्डपमा नेपाल वुड, फर्निचर तथा होम टेक्सटायल अन्तर्राष्ट्रिय प्रदर्शनी शुरु >>   माधव नेपालको प्रश्नः संविधान संशोधन गर्ने भनेर ०८७ सम्म ओलीलाई सरकारमा टिकाइदिनुपर्ने ? >>   इटालीको सार्वजनिक ऋण पहिलो पटक ३ हजार अर्ब भन्दा बढी >>   चर्चित गायिका मेलिना आजै प्रेमी ध्रुव गुरुङसँग लगनगाँठो कस्दै >>   तोलामा १३ सयले बढ्यो सुन, आज कतिमा भईरहेकोछ कारोबार ? >>   स्रोत नखुलेको रकम १५ लाख ७० हजार रूपैयाँ सहित एक जना पक्राउ
Logo
४ माघ २०८१, शुक्रबार
४ माघ २०८१, शुक्रबार

सङ्खुवासभामा विस्थापितलाई राहत वितरण


८ असार, सङ्खुवासभा । सङ्खुवासभामा बाढी पहिरोबाट विस्थापित १६ परिवारलाई रातह वितरण गरिएको छ । बाढी पहिरोका कारण जिल्लाका विभिन्न स्थानका २१ परिवार विस्थापित भएका थिए ।

जिल्ला विपद् व्यवस्थापन समितिले बाढी पहिरोबाट विस्थापितलाई राहत वितरण गरेको हो । बाढी पहिरोमा परी विस्थापित भएका १६ परिवारलाई राहत वितरण गरिएको जिल्ला प्रशासन कार्यालय सङ्खुवासभाका प्रशासकीय अधिकृत विमल पौडेलले जानकारी दिए ।

परिवारका सदस्य पाँच जनाभन्दा कम भएको विस्थापित परिवारलाई रु १५ हजार र पाँच जनाभन्दा बढी भएकालाई रु २० हजार वितरण गरिएको छ । प्रशासकीय अधिकृत पौडेलका अनुसार पाँचखपन नगरपालिकामा चार परिवारलाई रु ७० हजार, चैनपुर नगरपालिका नगरपालिकामा नौ परिवारलाई रु एक लाख ४० हजार तथा सभापोखरी गाउँपालिकामा दुई परिवारलाई रु ३० हजार वितरण गरिएको छ ।

विस्थापित भएका अन्यलाई पनि चाँडै राहत वितरण गरिने जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ । बाढी पहिरोबाट विस्थापित भएका २१ घर परिवारमध्ये १२ घर पूर्ण क्षति भएका छन् । गत शनिरबार राति अविरल वर्षसँगै आएको बाढीका कारण जिल्लाका विभिन्न स्थानका २० जना अझै बेपत्ता छन् । बाढी पहिरोबाट २० जनामध्ये १६ जना सुपर हेँवाखोला हाइड्रोपावरका, अपर हेँवाखोला जलविद्युत् आयोजनाका एक जना, अमर कन्ट्रक्सनका एक जना र सभापोखरी गाउँपालिकामा दुई जना बेपत्ता भएका छन् । बाढी पहिरोका कारण जिल्लाका आठ हाइड्रोपावरमा क्षति पुगेको छ । बाढीले दुई वटा पक्की पुल बगाएको छ । बाढी भौतिक संरचना बगाउँदा करोडौँको क्षति भएको छ ।


प्रकाशित मिति: ८ असार २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?