Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
१२ माघ २०८२, सोमबार
१२ माघ २०८२, सोमबार

सोह्रौँ योजनाका लागि सुझाव लिँदै आयोग


६ असार ,काठमाडौँ । राष्ट्रिय योजना आयोगले १६औँ योजनाका लागि आयोगका पूर्वउपाध्यक्ष, पूर्वसदस्य तथा विज्ञसँग सुझाव लिएको छ । १६औँ योजना कस्तो बनाउनुपर्छ ? भन्ने विषयमा आज काठमाडौँमा विशेष कार्यक्रमको आयोजना गरेर आयोगले पूर्वउपाध्यक्ष तथा विज्ञसँग सुझाव लिएको हो ।

आयोगले आर्थिक वर्ष २०८१/८२ देखि कार्यान्वयनमा आउने गरी सोह्रौँ योजना तर्जुमाको तयारीसमेत सुरु गरेको छ । कार्यक्रममा आयोगका पूर्वउपाध्यक्ष डा युवराज खतिवडाले आर्थिक वृद्धिको धेरै महत्वकाङ्क्षी लक्ष्य राख्न नहुने बताए । अहिलेको अवस्थामा बढीमा ७ वा ७.५ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य राखे पर्याप्त हुने उनको भनाइ छ ।

उनले ८ प्रतिशतको लक्ष्य राख्ने हो भने निर्यातमा पूर्ण रुपमा जोड गर्नुपर्ने बताए । पूर्वउपाध्यक्ष पृथ्वीराज लिगलले लक्ष्यअनुसारको आर्थिक वृद्धि नहुने गरेको भन्दै आर्थिक वृद्धिको लक्ष्य ठिक्क मात्रै राख्नु उपर्युक्त हुने बताए । कृषि क्षेत्र धेरै ठूलो क्षेत्र रहेको भन्दै उहाँले यस क्षेत्रका सम्भावनालाई योजनाले समेट्नुपर्ने बताए ।

पूर्वउपाध्यक्ष डा दिनेशचन्द्र देवकोटाले अनुदानको रकम दुरुपयोग रोक्ने र प्रविधिको प्रयोगलाई उच्च प्राथमिकतामा राखेर योजना बनाउनुपर्ने बताए । पूर्वउपाध्यक्ष दिपेन्द्रबहादुर क्षेत्रीले अबका योजना उत्पादनमुखी हुनुपर्ने भन्दै हरेक ठाउँको माटो परीक्षण गरेर के उत्पादन हुन्छ त्यही बालीमात्रै उत्पादन गर्ने नीति लिनुपर्ने बताए ।

पूर्वउपाध्यक्ष डा जगदिशचन्द्र पोखरेल, पूर्वसदस्य डा जनकराज शाह, डा गोविन्द नेपालले पनि योजना बनाउँदा भद्दा बनाउन नहुनेमा जोड दिए । त्रिभुवन विश्वविद्यालय मानविकी तथा समाजशास्त्रकी डिन डा कुसुम शाक्यले सहकारी र बैंकमा ठूलो रकम रहेकाले सो पुँजीलाई उत्पादनशील क्षेत्रमा लगाउन जोड दिनुपर्ने बताए ।

त्रिवि अर्थशास्त्र विभागका प्रमुख डा शिवराज अधिकारीले आयोगले उत्पादन र अर्थतन्त्रमा योगदान दिने खालको योजना बनाउनुपर्ने बताए । आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठले संरचनात्मक रुपान्तरणमार्फत सुशासन, समृद्धि र सामाजिक न्याय हासिल गर्ने राष्ट्रिय आकाङ्क्षाका साथ सोह्रौँ योजनाको तयारी सुरु गरिएको जानकारी दिए ।

अर्थतन्त्रमा रहेका चुनौतीको सामना गर्दै सोह्रौँ योजनाको काम सम्पन्न गर्नुपर्ने भन्दै उनले विज्ञहरुको सुझाव लिएर काम अघि बढाइने बताए । आयोगले आज पहिलो चरणको छलफल गरेको हो । छलफल शुक्रबारसम्म जारी रहनेछ ।


प्रकाशित मिति: ६ असार २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?