Trending
>>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित
Logo
१० आश्विन २०८३, शनिबार
१० आश्विन २०८३, शनिबार

नसर्ने रोगको जोखिम र मानसिक तनाव कम गर्न योग गर्न आग्रह


६ असार, काठमाडाै । सरकारले नसर्ने रोगहरूको जोखिम र मानसिक तनाव कम गर्न योग गर्न आग्रह गरेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज (बुधबार) सूचना जारी गर्दै मुटुरोग, मधुमेह, क्यान्सर जस्ता नसर्ने रोगहरूको जोखिम कम गर्न र मानसिक तनाव कम गर्न योग गर्न आग्रह गरेको छ ।

त्यसका साथै मन्त्रालयका अनुसार मन र शरीर तथा विचार र कार्यको एकतालाई मूर्त रूप दिन, दैनिक जीवनमा सन्तुलित मनोवृत्ति कायम राख्न, रोग प्रतिरोधात्मक क्षमता सुधार गर्न पनि योग आवश्यक छ ।

मन्त्रालयका अनुसार योग स्वास्थ्य जीवन र आरोग्यताका लागि गरिने शारीरिक, मानसिक र आध्यात्मिक अभ्यास हो । योग व्यायाम मात्र नभई योगले स्वास्थ्य जीवनशैली अपनाउन प्रोत्साहन गर्दछ ।

मेरो स्वास्थ्य मेरो जिम्मेवारी भन्ने नाराका साथ आज विभिन्न कार्यक्रम गर्दै अन्तर्राष्ट्रिय योग दिवस मनाइँदै छ ।


प्रकाशित मिति: ६ असार २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?