Trending
>>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध >>   संसारका लागि हात्ती र बाघ पाल्दा नेपालले के पाउँछ:नारायणदत्त मिश्र >>   सरकारविरुद्ध माईतीघरमा जेन–जीको नाराबाजीः ‘जेन–जीको माग हरायो, निर्वाचन भनि करायो’ (तस्बिरहरु) >>   एमाले निर्वाचनमा जान तयार भयो, ओलीको स्थानहदमा सरकार लचिलो बन्नसक्छः सञ्चारमन्त्री खरेल
Logo
९ पुष २०८२, बुधबार
९ पुष २०८२, बुधबार

नसर्ने रोगको जोखिम र मानसिक तनाव कम गर्न योग गर्न आग्रह


६ असार, काठमाडाै । सरकारले नसर्ने रोगहरूको जोखिम र मानसिक तनाव कम गर्न योग गर्न आग्रह गरेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज (बुधबार) सूचना जारी गर्दै मुटुरोग, मधुमेह, क्यान्सर जस्ता नसर्ने रोगहरूको जोखिम कम गर्न र मानसिक तनाव कम गर्न योग गर्न आग्रह गरेको छ ।

त्यसका साथै मन्त्रालयका अनुसार मन र शरीर तथा विचार र कार्यको एकतालाई मूर्त रूप दिन, दैनिक जीवनमा सन्तुलित मनोवृत्ति कायम राख्न, रोग प्रतिरोधात्मक क्षमता सुधार गर्न पनि योग आवश्यक छ ।

मन्त्रालयका अनुसार योग स्वास्थ्य जीवन र आरोग्यताका लागि गरिने शारीरिक, मानसिक र आध्यात्मिक अभ्यास हो । योग व्यायाम मात्र नभई योगले स्वास्थ्य जीवनशैली अपनाउन प्रोत्साहन गर्दछ ।

मेरो स्वास्थ्य मेरो जिम्मेवारी भन्ने नाराका साथ आज विभिन्न कार्यक्रम गर्दै अन्तर्राष्ट्रिय योग दिवस मनाइँदै छ ।


प्रकाशित मिति: ६ असार २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?