Trending
>>   एसिडिटी के हो ? यस्ता छन् सजिलै निवारण गर्ने उपायहरु >>   रास्वपालाई अमेरिकाले चीन विरोधी शक्तिको रुपमा प्रयोग गर्छः राष्ट्रिय जनमोर्चा >>   मध्यपूर्वको तनावलाई अर्थ मन्त्रालयले कसरी हेरेको छ ? >>   हिम्मत भए प्रधानमन्त्रीको कार्यकक्षमा र संसद भवनमा ग्रेटर नेपालको नक्शा राख्न बालेनलाई चुनौती >>   सर्वोच्च अदालतको फैसला नआई काँग्रेसको नियमित महाधिवेशन हुन सक्दैनः देउवा पक्ष >>   नेपाली काँग्रेसको १५ औं महाधिवेशन आगामी भदौ २४ देखि २६ सम्म काठमाडौंमा हुने >>   हतार र हतास मनस्थितिमा आएर राजीनामा दिएको थिइनँः सभापति थापा >>   मुलुकमा सुशासन कायम तथा शासकीय सुधारका सन्दर्भमा सरकारसँग सहकार्य गर्छौंः सभापति थापा >>   राष्ट्रिय स्वतन्त्र पार्टीको उदय हुनुमा प्रवासी नेपालीको ठूलो भुमिका छ : सोमनाथ सापकोटा >>   नेपाली तयारी पोशाकलाई विश्व बजारमा पुर्‍याउन ‘ऊलमार्क’ सँग सहकार्य, उच्च मूल्यका उत्पादनमा जोड
Logo
१० चैत्र २०८२, मंगलवार
१० चैत्र २०८२, मंगलवार

चार प्रतिशत बालबालिकामा दृष्टिदोषको समस्या


६ असार, काठमाडौँ । नेपाल नेत्रज्योति सङ्घ र अर्विसको सहकार्यमा सञ्चालित नेपाल रिच परियोजनाबाट करिब आठ लाख बालबालिका लाभान्वित भएका छन् । आँखा जाँच गरिएकामध्ये चार प्रतिशत बालबालिकामा दृष्टिदोषको समस्या देखिएको छ । अर्विसको आर्थिक सहयोगमा सङ्घले सञ्चालन गरेको उक्त परियोजनामार्फत झापा, मोरङ, पर्सा, सुनसरी र सिराहा जिल्लाका सात लाख ८५ हजार चार सय ६० बालबालिकाको निःशुल्क आँखा परीक्षण गरिएको हो ।

सन् २०१८ देखि २०२२ सम्म सञ्चालित परियोजनामार्फत ६ देखि १८ वर्षसम्मका विद्यालय जाने र नजाने बालबालिकाको आँखा परीक्षण गरिएको थियो । सङ्घका कार्यक्रम व्यवस्थापक रञ्जन शाहले आँखा परीक्षण पश्चात् समस्या देखिएका बालबालिकालाई निःशुल्क चस्मा तथा शल्यक्रियासमेत गरिएको बताए ।

उक्त परियोजनामार्फत चार वर्षमा दुई हजार पाँच सय ५५ वटा निजी तथा सामुदायिक विद्यालयहरुमा आँखा जाँच गरिएको थियो । उहाँले उक्त जाँचका क्रममा दृष्टिमा समस्या देखिएका २० हजार तीन सय ८० बालबालिकालाई निःशुल्क चस्मा वितरण गर्नाका साथै दुई सय एकजना बालबालिकाको आँखाको निःशुल्क शल्यक्रियासमेत गरिएको जानकारी दिए ।

कार्यक्रम व्यवस्थापक शाहका अनुसार आँखा जाँच गरी वितरण गरिएको चस्मामध्ये ६३ प्रतिशत बालबालिकाले मात्र नियमित रुपमा चस्मा प्रयोग गरिरहेका छन् । “चस्मा लगाउँदा साथीहरुले जिस्क्याउने, आमाबाबुले छोरीलाई विवाह गर्न कठिनाइ हुने भन्दै चस्मा लगाउन नदिने, चस्मा लगाउँदा सहजता नहुने र लजाउने जस्ता कारणहरुले पनि बालबालिकाहरुले नियमित रुपमा चस्मा नलगाएको देखिन्छ”, उनले भने ।

उनका अनुसार यसरी वितरण गरिएका चस्माको नियमित प्रयोगबाट ती विद्यार्थीहरुको शैक्षिकस्तरमा समेत उन्नति भएको छ, उनीहरुको दैनिकीमा समेत धेरै नै परिवर्तन आएको देखिएको छ । आरएम केडिया आँखा अस्पताल,सगरमाथा चौधरी आँखा अस्पताल, विराटनगर आँखा अस्पताल र मेची आँखा अस्पतालमार्फत ती जिल्लाहरुमा कार्यक्रम सञ्चालन गरिएको थियो ।

सङ्घका कार्यकारी निर्देशक डा.शैलेशकुमार मिश्रले सङ्घले कोही पनि नागरिकहरु पहुँच र पैसाको अभावमा आँखा उपचार सेवाबाट वञ्चित नहोऊन् भन्ने उद्देश्यले विभिन्न दातृ निकायहरुसँगको सहकार्यमा देशैभरि विभिन्न निःशुल्क शिविर आयोजना गरिरहेको जानकारी दिए । परियोजनाले कार्यक्रम सञ्चालित जिल्लाका महिला स्वास्थ्य स्वयम्सेविका, शिक्षक तथा विद्यायलका ‘भिजन एम्ब्यास्डर’लाई आँखा जाँचसम्बन्धी आधारभूत तालिमसमेत प्रदान गरेको छ ।


प्रकाशित मिति: ६ असार २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?