Trending
>>   १० वर्षमा १०० बिलियन डलरको अर्थतन्त्र बनाउन सकिन्छः उपेन्द्र महतो >>   एमालेभित्र तल्लो तहबाटै स्वतःस्फूर्त समीक्षा शुरु >>   नेपालमा लगानीको अपार सम्भावना छ, ढुक्क भएर लगानी गर्नुस्ः अध्यक्ष ढकाल >>   नम्बर नमिलेको जुत्ता >>   मध्यपूर्वमा रहेका नेपालीहरुलाई सरकारले तत्काल उद्धार गर्नुपर्छः श्रमविज्ञ नेपाल >>   अर्थतन्त्र प्रतिष्पर्धी बनाउन दुई तहको मूल्य अभिवृद्धि कर र भन्सार दरमा कटौती आवश्यकः चेम्बर अध्यक्ष… >>   उपभोक्ता अदालतमा सरकारले मुद्दा नै दर्ता गरेन >>   “चुनावी खर्च खुल्दै: बालेन १४ लाख, रवि ९ लाख, महावीर पुन २८ लाख” >>   निजी क्षेत्रका मुद्दामा अर्थमन्त्री खनालको चासो, समसामयिक विषयमा छलफल >>   धितोपत्र बजार पुँजीकरण ४४ खर्ब ८४ अर्ब ७९ करोड कायम
Logo
१ चैत्र २०८२, आईतवार
१ चैत्र २०८२, आईतवार

अफगानिस्तानमा ८० एकड क्षेत्रफलमा लगाइएको अफिम खेती नष्ट


५ असार ,शिबर्गान । अफगानिस्तानको प्रहरीले गत दुई महिनामा अफगानिस्तानको उत्तरी जाज्जान प्रान्तमा करिब ८० एकड जमिनमा लगाइएको अफिम नष्ट गरेको छ ।

“विगत दुई महिनामा, शृङ्खलाबद्ध अपरेसनमा हामीले जाज्जान प्रान्तका सात जिल्लामा छ एकड चरेस फार्मसहित ८० एकड अफिम र चरेस नष्ट गरेका छौँ,” सहका प्रान्तीय निर्देशक मोहमद युनुसले बताए ।

अवैध बाली विरुद्धको यस्तै कारवाहीमा प्रहरीले केही साताअघि तीन प्रदेशमा करिब ६०० एकड खेती नष्ट गरेको थियो ।

अफगान कार्यवाहक प्रशासनका सर्वोच्च नेता मुल्ला हिबतुल्लाह अखुन्दजादाले गत वर्ष अप्रिलमा अवैध बालीको खेती, प्रशोधन र ओसारपसारमा प्रतिबन्ध लगाउने आदेश जारी गरेका थिए ।


प्रकाशित मिति: ५ असार २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?