Trending
>>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित
Logo
११ आश्विन २०८३, आईतवार
११ आश्विन २०८३, आईतवार

मन्त्री शर्माद्वारा प्रथम दिवसीय आवरणमा टाँचा प्रदान


५ असार ,काठमाडौँ । आफ्नो जीवनकालमा विशिष्ट योगदान दिनुभएका सामाजिक तथा साहित्यिक व्यक्तित्वको नाममा सरकारले हुलाक टिकट प्रकाशन गरेको छ ।

हुलाक सेवा विभागले अधिकारकर्मी पद्मरत्न तुलाधर, साहित्यकार पूर्णप्रकाश नेपाल ‘यात्री’, पर्वतारोही आङ्रिता शेर्पा, कवि माधवप्रसाद देवकोटा र गायिका कोइली देवीको नाममा टिकट प्रकाशन गरेको हो ।

उनिहरूको मुखाकृत अङ्कित रु १० दरको टिकट प्रकाशनमा ल्याइएको फिलाटेलिक तथा हुलाक टिकट व्यवस्थापन कार्यालयले जनाएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज आयोजित कार्यक्रममा सञ्चारमन्त्री रेखा शर्माले प्रकाशित हुलाक टिकटमा प्रथम दिवसीय आवरणमा टाँचा प्रदान गरिन् ।

प्रकाशित टिकटको आजदेखि बिक्री खुला गरिएको छ । दुई लाख थान टिकट प्रकाशित गरिएको कार्यालयले जनाएको छ । सो क्रममा मन्त्री शर्माले हुलाक टिकट प्रकाशन गरिएका पाँचै जनाको नेपाली समाजमा विशिष्ट योगदान रहेको बताईन् ।

उनले सामाजिक तथा साहित्यिक व्यक्तित्वका रूपमा आफ्नो जीवनलाई समाजसेवामा समर्पित गरेकाले उनिहरूलाई सरकारले सम्मान गरेको बताईन् ।

सरकारले नेपालको राजनीतिक, सामाजिक, सांस्कृतिक, साहित्यिक तथा साङ्गीतिक क्षेत्रको विकासमा योगदान पुर्याउने विशिष्ट व्यक्तित्वको नाममा हुलाक टिकट प्रकाशन गर्दै आएको छ । कार्यक्रममा मन्त्रालयका सचिव तथा टिकट प्रकाशित भएका व्यक्तित्वको परिवारजनको उपस्थिति थियो ।


प्रकाशित मिति: ५ असार २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?