Trending
>>   सेना परिचालनबारे अध्यक्ष ओलीको अभिव्यक्तिलाई गलत व्याख्या गरियो : एमाले >>   एमाले समानुपातिक उम्मेदवारको बन्दसूची पारित, सोमबार निर्वाचन आयोगमा बुझाउने >>   काठमाडौं मेडिकल कलेजमा ‘क्याथल्याव’ र ‘इपिल्याव’ प्रविधिः आधुनिक हृदय–मस्तिष्क उपचारमा नयाँ युग >>   रास्वपा–बालेन सम्झौताः संघीयता र धर्मनिरपेक्षताबारे मौन रहेको भन्दै जसपा नेपालको आपत्ति >>   चुनाव नै नभई प्रधानमन्त्रीको उम्मेद्वार बनाउने सहमति हाँस्यास्पद : एमाले >>   रवि–बालेनलाई काँग्रेस नेता राठौरको चुनौतिः सहकारी ठग र गँजेडीहरुले १० वर्ष पार्टी चलाएर देखाउन् >>   रवि–बालेनको सहमतिलाई अनौठो मान्नु पर्दैनः धनराज गुरुङ >>   रवि–बालेन सहमतिमा मुलुकलाई निकास दिने ठोस एजेण्डा छैनः राजनीतिक विश्लेषकहरू >>   काँग्रेसले समानुपातिक सूचि सोमवार आयोगमा बुझाउने >>   रवि र बालेनले सत्ता स्वार्थको लागि जेन–जी आन्दोलन हाइज्याक गर्न खोजेः योगेश भट्टराई
Logo
१३ पुष २०८२, आईतवार
१३ पुष २०८२, आईतवार

मन्त्री शर्माद्वारा प्रथम दिवसीय आवरणमा टाँचा प्रदान


५ असार ,काठमाडौँ । आफ्नो जीवनकालमा विशिष्ट योगदान दिनुभएका सामाजिक तथा साहित्यिक व्यक्तित्वको नाममा सरकारले हुलाक टिकट प्रकाशन गरेको छ ।

हुलाक सेवा विभागले अधिकारकर्मी पद्मरत्न तुलाधर, साहित्यकार पूर्णप्रकाश नेपाल ‘यात्री’, पर्वतारोही आङ्रिता शेर्पा, कवि माधवप्रसाद देवकोटा र गायिका कोइली देवीको नाममा टिकट प्रकाशन गरेको हो ।

उनिहरूको मुखाकृत अङ्कित रु १० दरको टिकट प्रकाशनमा ल्याइएको फिलाटेलिक तथा हुलाक टिकट व्यवस्थापन कार्यालयले जनाएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज आयोजित कार्यक्रममा सञ्चारमन्त्री रेखा शर्माले प्रकाशित हुलाक टिकटमा प्रथम दिवसीय आवरणमा टाँचा प्रदान गरिन् ।

प्रकाशित टिकटको आजदेखि बिक्री खुला गरिएको छ । दुई लाख थान टिकट प्रकाशित गरिएको कार्यालयले जनाएको छ । सो क्रममा मन्त्री शर्माले हुलाक टिकट प्रकाशन गरिएका पाँचै जनाको नेपाली समाजमा विशिष्ट योगदान रहेको बताईन् ।

उनले सामाजिक तथा साहित्यिक व्यक्तित्वका रूपमा आफ्नो जीवनलाई समाजसेवामा समर्पित गरेकाले उनिहरूलाई सरकारले सम्मान गरेको बताईन् ।

सरकारले नेपालको राजनीतिक, सामाजिक, सांस्कृतिक, साहित्यिक तथा साङ्गीतिक क्षेत्रको विकासमा योगदान पुर्याउने विशिष्ट व्यक्तित्वको नाममा हुलाक टिकट प्रकाशन गर्दै आएको छ । कार्यक्रममा मन्त्रालयका सचिव तथा टिकट प्रकाशित भएका व्यक्तित्वको परिवारजनको उपस्थिति थियो ।


प्रकाशित मिति: ५ असार २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?