Trending
>>   जतिसुकै विद्वान् किन नहोस्, नेपालीलाई हामी विद्वान ठान्दैनौँः केपी ओली >>   हाँडीगाउँमा मनाइयो ‘कहीँ नभएको जात्रा’ (तस्बिरसहित) >>   ‘पार्वतीले सराप दिएपछि देवता जन्मिन छाडे, अहिले नक्कली भगवान जन्मिएर हैरान छ’:केपी ओली >>   स्वतन्त्रता र लोकतन्त्रको प्रेरणाले राजनीतिमा आएँः मुख्यमन्त्री पाण्डे >>   बालेन्द्र सरकार राष्ट्रियता र जनजीविकाको सवालमा पूर्णतः असफलः लेखनाथ दाहाल >>   हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा >>   ‘काठमाडौं फिल्म फेस्टिभल’मा भारतीय भेट्रान अभिनेत्री शबाना आजमी सहभागि हुने >>   ‘एनपीएललाई आधार बनाएर स्पोर्ट्स टुरिजमलाई योजनावद्ध रुपमा अघि बढाउनुपर्छ’ >>   सुदूरपश्चिम रोयल्समाथि लुम्बिनी पूर्ण हाबी >>   तेस्रो एनपिएल सिजनको भव्य शुरुवातः लुम्बिनी लायन्सविरुद्ध सुदूरपश्चिम रोयल्सको ब्याटिङ
Logo
११ कार्तिक २०८३, बुधबार
११ कार्तिक २०८३, बुधबार

‘अन्तरसम्बन्ध–२०८०’ प्रदर्शनीमा


५ असार ,काठमाडौँ । नेपालको ललितकला क्षेत्रका अग्रज कलाकारहरूको कला प्रदर्शनी सुरु भएको छ । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान (नाफा)को आयोजनामा अग्रज कलाकार शशि शाह, कृष्ण मानन्धर, स्व इन्द्र प्रधान र वत्सगोपाल वैद्य अर्थात् स्किव–७१ का चित्रकला प्रदर्शनी सुरु भएको छ ।

अन्तरसम्बन्ध–२०८० नाम दिइएको उक्त प्रदर्शनी यही असार १२ गतेसम्म चल्नेछ । प्रदर्शनी अवलोकन गर्दै पूर्वप्रधानमन्त्री झलनाथ खनालले भने, “हाम्रो देश नेपाल कलाको एउटा खानीजस्तो छ । त्यसमा पनि ललितकलाका असङ्ख्य विधाहरू छन् । सातवटा विधाको प्रचार गर्ने गछौैँ ।”उनले भर्खरै सम्पन्न राष्ट्रिय ललितकला प्रदर्शनी आफूले अवलोकन गर्दा नेपाली कलाको सिर्जनशीलता निकै माथि पुगेको आफूले पाएको स्मरण पनि गरे ।

अग्रज कलाकार कृष्ण मानन्धरले आफूहरूले बम्बईबाट अध्ययन गरेर फर्किएपश्चात् समूह बनाएर कला गतिविधि गर्ने र आर्ट ग्यालरी खोल्ने काम गरेको स्मरण गरे । उनले भने, “त्यस समय राम्रो आर्ट ग्यालरी थिएन । शशिविक्रम क्याम्पस प्रमुख हुनुहुन्थ्यो र उहाँले दिएको योगदान भुल्नु हुदैन । इन्द्रजीले बूढानीलकण्ठमा आर्ट टिचरको रूपमा काम गर्नुभयो राज दीपेन्द्रलाई समेत पठाउनुभयो । त्यो अवस्था थियो त्यस समय तर अहिले धेरै कलाकार जन्मिसकेकामा खुसी लागेको छ ।”

सङ्गठनबाटै कलाको इतिहास बनाउनुपर्छ भनेर शशि शाह, वत्सगोपाल वैद्य, कृष्ण मानन्धर, इन्द्र प्रधान एक ढिक्का भएर आएको अग्रज कलाकार शशि शाहले बताए । नेपालको कलाक्षेत्र स्किव–७१ बाटै सङ्गठनात्मकरूपमा जानुपर्छ जनाउँदै उहाँले नयाँ पुस्तालाई सचेतसमेत गराएका छन् ।

प्रतिष्ठानका सदस्यसचिव देवेन्द्रकुमार काफ्लेले अग्रज कलाकारको सिर्जना प्रदर्शनीले निरन्तरता दिने बताए । उनले भने, “हामीले अग्रज र दिवङ्गत कलाकारको प्रदर्शनीको सुरुआत गरेका छौँ । आगामी दिनमा यस्ता कार्यलाई निरन्तरता दिन्छौँ ।”

प्रतिष्ठानका उपकुलपति लालकाजी लामाले प्रतिष्ठानले स्थापनाकालदेखि नै कलाको उत्थानका लागि विविध गतिविधि गर्दै आएको बताउँदै आफूहरूले अग्रजले देखाएको बाटो पहिल्याएको धारणा राखे ।

प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले ललितकला पढ्दाका गुरुहरूले दिएको मार्गदर्शनकै शिक्षाले आफूले प्रतिष्ठानजस्तो संस्थाको जिम्मेवारी पाएको र विगतका विरासतसँग अग्रजको भूमिकालाई जोडेर अगाडि बढाउन जरुरी भएको धारणा राखे ।


प्रकाशित मिति: ५ असार २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?