Trending
>>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित
Logo
१० आश्विन २०८३, शनिबार
१० आश्विन २०८३, शनिबार

पोखरामा विश्व सङ्गीत दिवस मनाईँदै


५ असार ,लेखनाथ । पोखरामा यही असार ६ गते विश्व सङ्गीत दिवस २०८० मनाइने भएको छ । सप्तरङ्गी सांस्कृतिक प्रतिष्ठानको मुख्य आयोजनामा यहाँका १८संस्थाले विश्व सङ्गीत दिवस मनाउन लागेका हुन् ।

सोमबार आयोजित पत्रकार सम्मेलनमा उक्त संस्थाका अध्यक्ष नवराज बरालले पाँच वर्षदेखि रोकिएको विश्व सङ्गीत दिवसलाई निरन्तरता दिन साङ्गीतिक कार्यक्रम गर्न लागिएको जानकारी दिए ।

पोखरा उद्योग वाणिज्य सङ्घको हलमा आयोजना हुने सो साङ्गीतिक कार्यक्रमले पोखराको साङ्गीतिक गतिविधि बढ्ने विश्वास आयोजक संस्थाले गरेको छ ।

साङगीतिक कार्यक्रममा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकारले आफ्नो प्रस्तुति गर्ने जानकारी सो अवसरमा दिइएको थियो । सोह्र विभिन्न प्रस्तुति रहने उक्त साङ्गीतिक कार्यक्रमा दर्शकले निःशुल्क प्रवेश पाउने बताइएको छ ।

गण्डकी प्रज्ञा प्रतिष्ठान तथा पोखरा प्रज्ञा प्रतिष्ठानको सहकार्यमा गर्न लागिएको उक्त कार्यक्रम आगामी वर्ष संयुक्तरूपमा मनाइने जानकारी सो अवसरमा दिइएको थियो ।


प्रकाशित मिति: ५ असार २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?