Trending
>>   बालेनलक्षित ओलीको टिप्पणी :‘देशमा चर्चित भनिएकाहरु नै नसामा भेटिन्छन्’ >>   नेपालको न्यायपालिका विकास विरोधी छैनः न्यायाधीश ढुंगाना >>   कुहिरो र हुस्सुले जनकपुरको जनजीवन प्रभावितः स्थानीय सरकारले चासो नदिएको गुनासो >>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा
Logo
१० पुष २०८२, बिहीबार
१० पुष २०८२, बिहीबार

उप–प्राध्यापक सहितका व्यक्ति प्रहरी नियन्त्रणमा


४ असार ,काठमाडौँ । आफूमाथि आक्रमण गर्नेहरुको मुद्दा फिर्ता लिने निर्णयका विरुद्ध धर्ना दिन आज जिल्ला अदालत, काठमाडौँ पुगेका उपप्राध्यापक प्रेम चलाउने सहितका केही व्यक्तिलाई प्रहरीले नियन्त्रणका लिएको छ ।

अदालतभित्र उपप्राध्यापक चलाउने सहितका केही व्यक्तिले होहल्ला र नाराजुलुस गरेपछि उनीहरुलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसरका प्रवक्ता तथा प्रहरी उपरीक्षक सीताराम रिजालले बताए ।

उनले भने, “अदालतमा होहल्ला गरेपछि प्रहरीले चलाउनेसहित केहीलाई नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिइएकाहरुलाई प्रहरी वृत्त सिंहदरबारमा राखिएको छ, अन्यको नाम म कहाँ आएको छैन ।”

समाजशास्त्रका उपप्राध्यापक चलाउनेमाथि विसं २०७७ असोज २० गते नेविसङ्घका कार्यकर्ताले आक्रमण गरेको थियो । आक्रमण गर्नेविरुद्ध जिल्ला अदालत, काठमाडौँमा ज्यानसम्बन्धी मुद्दा विचाराधीन रहेको जनाइएको छ ।

भोलि ५ गते उक्त मुद्दाको पेसी तोकिएको बेला मन्त्रिपरिषद्ले मुद्दा फिर्ताको निर्णय गरेको पत्र आइतबार अदालतमा पुगेको जानकारी पाएपछि मुद्दा फिर्ता नलिन र उपप्राध्यापक चलाउनेलाई न्याय दिन माग गर्न उक्त टोली अदालत पुगेको बताइएको छ ।


प्रकाशित मिति: ४ असार २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?