Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
१२ माघ २०८२, सोमबार
१२ माघ २०८२, सोमबार

पहिचान पक्षधर र कोशी प्रदेश सरकारबीच वार्ता सुरु


४ असार, विराटनगर । कोशी प्रदेश नामकरण खारेजीको माग राख्दै आन्दोलनमा सहभागी पहिचान पक्षधर समूह र कोशी प्रदेश सरकारबिच वार्ता सुरु भएको छ ।

आइतबार प्रदेश नम्बर १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समितिले कोशी प्रदेश सरकारसँग वार्ता गर्नका लागि समिति बनाएपछि वार्ता भएको हो । लामो समयदेखि प्रदेशको नाममा असहमति जनाउँदै आएका पहिचान पक्षधर समूहलाई प्रदेश सरकारले वार्ताबाट सहमति खोज्न आग्रह गरेसँगै अहिले विराटनगरमा आन्दोलनरत पक्ष र सरकारबिच वार्ता सुरु भएको छ ।

पहिचान पक्षधरबाट गोविन्द आङ्बुङ, युवराज राई, रामभक्त कुरुम्बाङ, लाक्पा शेर्पा, गेल्जे शेर्पा, कुमार लिङ्देन, रमेश राई, लगायत उपस्थित छन् भने प्रदेश सरकार पक्षबाट सिँचाइ खानेपानी तथा स्वास्थ्य मन्त्री तिलकुमार मेयाङ्बोको संयोजकत्वमा उद्योग, कृषि तथा सहकारी तथा पूर्वाधार मन्त्री भक्तिप्रसाद सिटौला र सामाजिक विकास मन्त्री बुद्धिकुमार राज भण्डारी सहभागी रहेका छन् ।

गत फागुन १७ गते प्रदेशसभाले प्रदेशको नाम ‘कोशी’ राखेपछि पहिचानका आधारमा पुन नामाङ्कनको माग गर्दै पहिचान पक्षधरले आन्दोलन गरिरहेका छन् । आन्दोलनका क्रममा एक जनाको ज्यान मृत्यु समेत भएको थियो ।


प्रकाशित मिति: ४ असार २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?