Trending
>>   वास्तविक माओवादी हामी हौँः खड्गबहादुर विश्वकर्मा >>   हेटौँडा सडक विस्तारमा स्थानीय प्रशासनले जबरजस्ती गरेको भन्दै पीडितहरुले गराए सरकारको ध्यानाकर्षण >>   ओलीको प्रश्न: म बालुवाटारबाट नभागेको भए जेन जीले के गर्थे? >>   जेनजी–सरकारबीच भएको सम्झौताप्रति ओलीको टिप्पणीः ‘कलाबिहीन भद्दा नाटक’ >>   एमालेको ११ औं महाधिवेशनमा विदेशी पाहुना नबोलाइने, नेपालका १६ दललाई निम्तो >>   पूर्वराष्ट्रपति भण्डारीद्वारा जेन–जी आन्दोलनमा क्षति भएको संसद भवनको अवलोकन >>   कोप–३० नेपालको लागि उपलब्धिमूलक तर चुनौति धेरै: जलवायु वित्त विज्ञ क्षेत्री >>   स्वास्थ्य क्षेत्रमा बजेट घट्नु राम्रो होइनः अर्थमन्त्री खनाल >>   एक वर्षमा १ करोड २५ लाखले लिए बीमामार्फत स्वास्थ्य सेवा >>   लैङ्गिक हिंसा आफ्नो व्यवहारबाटै हटाऔँः खेलकुदमन्त्री गुप्ता
Logo
२५ मंसिर २०८२, बिहीबार
२५ मंसिर २०८२, बिहीबार

बाढी पहिरोमा परी तीन जिल्लामा ११ जना बेपत्ता


४ असार, ताप्लेजुङ । ताप्लेजुङ, पाँचथर र सङ्खुवासभामा शनिबार भएको वर्षापछि गएको पहिरामा परी ११  जना बेपत्ता हुनाका साथै सडक पूर्वाधार सहितमा ठूलो क्षति पुगेको छ ।

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार, ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–६ मेहेलेमा पहिरामा परी यादव बुढाक्षेत्रीको घर पूर्ण क्षति हुनाका साथै तीनजना व्यक्तिसमेत बेपत्ता भएका छन् ।

सोही गाउँपालिका–६ स्थित राजकुमार गौतमको घर र स्वास्थ्य चौकीको भवनमा क्षति पुगेको छ । आङखोपमा–३ मा प्रेम सेदिङ, महेश्वर सेदिङ र गणेश सेदिङका तीनवटा घर बगाएको छ ।

सिरिजङ्घा–४ तेल्लोक स्वास्थ्य चौकीको पोष्टमार्टम घर पुरिएको छ भने स्थानीय नरेन भट्टराईको घर पूर्ण रुपमा क्षति भएको छ ।

जिल्लाका सहायक सडक साँघु–ओदक, तेल्लोक, निम्बुखोला, सिरिजङा, सिमलबोटे र पाथीभरा याङ्वारक गाउँपालिका, आठराई त्रिवेणी र मैवाखोला गाउँपालिका जोड्ने तथा मेची राजमार्गअन्तर्गत मेवाखामा पहिरो गई सडक अवरुद्ध रहेको सेनाले जनाएको छ ।

सङ्खुवासभाको हेवा खोलामा आएको बाढीले पाँचखपन नगरपालिका–५ खमारेस्थित रौता–चैनपुर पक्की पुल बगाउनाका साथै चैनपुर नगरपालिका–४ दोभानेमा निर्माणाधीन सुपर हेवाखोला हाइड्रोपावरको काम गर्ने मजदुर बस्न बनाएको क्याम्प तथा हाइड्रोपावरमा समेत क्षति पुगेको छ ।

त्यस क्षेत्रमा खोजी तथा उद्धारका लागि सेनाको नयाँ भैरवीदल गुल्मको सभाखोला जलविद्युत् आयोजनाको सुरक्षार्थ तैनाथ सुरक्षा बेस सिम्लेबाट अधिकृतको कमान्डमा १५ जनाको नफ्रिको फौज परिचालित भएको छ ।

चैनपुर नगरपालिकाको पिलुवा खोलामा आएको बाढीले आसपासका घर तथा नुनढाकीस्थित पुल बगाएको छ । सभापोखरी गापा–३ सुनाम्लामा पहिराले गोठ बगाउँदा दुईजना बेपत्ता भएको सेनाले जनाएको छ ।

वर्षाका कारण विभिन्न स्थानमा पहिरो गई सङ्खुवासभा–फाक्सिन्दा सडक खण्ड अवरुद्ध भएकाले घटनाका सूचना सङ्कलन गर्न सहायक जिल्ला प्रमुख अधिकारीको नेतृत्वमा जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्र खडा गरी समन्वय भइरहेको जानकारी दिइएको छ ।

त्यसैगरी, पाँचथरको फिदिम नगरपालिका–३ स्थित हेवा खोलामा बाढीले बगाएपछि त्यस क्षेत्रमा खोजतलास र उद्धारका लागि रणशेर गणबाट अधिकृतको नेतृत्वमा ३५ जनाको सैनिक टोली खटिएको जानकारी दिइएको छ । बाढीमा परी ६ जना स्थानीय  बेपत्ता भएको सेनाले जनाएको छ । सोही नगरपालिका–४ मा दुईवटा घर र हेवा खोला जलविद्युत् आयोजनाको इन्टेक पूर्ण रुपले क्षति भएको छ ।


प्रकाशित मिति: ४ असार २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?