Trending
>>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा
Logo
१४ माघ २०८२, बुधबार
१४ माघ २०८२, बुधबार

पहिरोमा फसेकी ९ वर्षीया बालिकाको उद्धार


३ असार, पाँचथर । पहिरोले घर पुर्दा बेपत्ता भएकी पाँचथर फालेलुङ -३ की जुना सावदेनको उद्धार गरिएको छ ।

फालेलुङ -३ खोलाघारीका मनप्रसाद राईकी नौ वर्षीया नातिनी जुना सावदेनको आइतबार बिहान उद्धार गरिएको हो। सावदेनलाई स्थानीय बासिन्दाले उद्धार गरेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायव उपरीक्षक हरि खतिवडाले बताए ।

मध्य राती घर माथिबाट आएको पहिरोले घर पुर्दा सावदेन पुरिएकी थिइन् । पहिरो आएको थाहा पाएपछि उनका हजुरबा मनप्रसाद र हजुरआमा भागेर ज्यान बचाउन सफल भए पनि सुतिरहेकी जुना पहिरोमा फसेकी थिइन् ।

अविरल वर्षासँगै आएको बाढीमा पर्दा फिदिम नगरपालिका -४ हेवा खोला र माझिटार क्षेत्रका ५ जना बेपत्ता छन् । उनीहरूलाई बाढीले बगाएको आशङ्का गरिएको पाँचथरका प्रहरी नायव उपरीक्षक खतिवडाले जानकारी दिए ।

मध्यरातमा आएको बाढीले हिलिहाङ,याङवरक,फिदिम र फालेलुङमा दर्जन बढी पुल र संरचना बगाएको छ ।


प्रकाशित मिति: ३ असार २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?