Trending
>>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी >>   बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय >>   सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति >>   भन्सार अधिकृतको धम्कीपूर्ण अडियो प्रकरणः रास्वपा सांसद संग्रौलाद्वारा छानबिनको माग >>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा
Logo
९ आश्विन २०८३, शुक्रबार
९ आश्विन २०८३, शुक्रबार

पहिरोमा फसेकी ९ वर्षीया बालिकाको उद्धार


३ असार, पाँचथर । पहिरोले घर पुर्दा बेपत्ता भएकी पाँचथर फालेलुङ -३ की जुना सावदेनको उद्धार गरिएको छ ।

फालेलुङ -३ खोलाघारीका मनप्रसाद राईकी नौ वर्षीया नातिनी जुना सावदेनको आइतबार बिहान उद्धार गरिएको हो। सावदेनलाई स्थानीय बासिन्दाले उद्धार गरेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायव उपरीक्षक हरि खतिवडाले बताए ।

मध्य राती घर माथिबाट आएको पहिरोले घर पुर्दा सावदेन पुरिएकी थिइन् । पहिरो आएको थाहा पाएपछि उनका हजुरबा मनप्रसाद र हजुरआमा भागेर ज्यान बचाउन सफल भए पनि सुतिरहेकी जुना पहिरोमा फसेकी थिइन् ।

अविरल वर्षासँगै आएको बाढीमा पर्दा फिदिम नगरपालिका -४ हेवा खोला र माझिटार क्षेत्रका ५ जना बेपत्ता छन् । उनीहरूलाई बाढीले बगाएको आशङ्का गरिएको पाँचथरका प्रहरी नायव उपरीक्षक खतिवडाले जानकारी दिए ।

मध्यरातमा आएको बाढीले हिलिहाङ,याङवरक,फिदिम र फालेलुङमा दर्जन बढी पुल र संरचना बगाएको छ ।


प्रकाशित मिति: ३ असार २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?